अमृत रोकाय क्षेत्रीको पुनर्जन्म सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमृत रोकाय क्षेत्रीको पुनर्जन्म सार्वजनिक (भिडियो सहित)



कात्तिक ३० /कात्तिक 

सुर्खेत निवासी अमृत रोकाय क्षेत्रीको आफ्नै जिवनमा घटेको घटनालाई गीत मार्फत सार्बजनिक गरिएको छ । अफगानिस्तानमा भएको बम बिस्फोटमा परि घाइते भएका रोकायको आफ्नै जिवनमा भएको अकल्पनिय घटनालाई शब्द मार्फत रमेश बिजीले उतारेका हुन ।

शिव सङ्गित र टिका पुनले उक्त घटनालाई आफ्नो सुमधुर स्वर मार्फत मौलिक दिएका छन।वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीको लय र नृत्यनिर्देशन रहेको गीतमा झलक संगीतमको एरेन्ज रहेको छ ।

कलाको उर्भर भुमी सुर्खेतमै छायांकन भएको भिडियोमा अमृत रोकाय, भावना चन्द, आरुशी मगर, सुनिल रेग्मी, आशा, जनक तारामी र बिपना मन्दिर को अभिनय र नृत्य रहेको छ ।

छायांकन अर्जुन सापकोटा, सम्पादन सुधन बस्नेत को छ भने शिब संगीतले भिडियो निर्देशन गरेका हुन ।