जुनियर बर्ल्ड कपमा एनका र एनआरएनए साउथ अस्ट्रेलियाले भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जुनियर बर्ल्ड कपमा एनका र एनआरएनए साउथ अस्ट्रेलियाले भिजिट नेपाल २०२० को प्रचार प्रसार गर्ने



अस्ट्रेलिया- साउथ अस्ट्रेलियन क्रिकेट एशोसिएशनले आयोजना गर्न लागेको ‘जुनियर वर्ल्डकप २०१९’ मा एनकाले ” साउथ अस्ट्रेलिया नेपाल टिम ” को नेतृत्व गर्ने भएको छ । सेप्टेम्बर २२ तारिकको दिन फिट्ज़रोय कम्युनिटी क्लबको खेल मैदानमा बिहान ९ देखी बेलुका ५ बजे सम्म चल्ने उक्त कार्यक्रममा एनकाले एनआरएनए साउथ अस्ट्रेलियासँग सहकार्य गर्दै ” भिजिटि नेपाल २०२० ” समेत प्रचार प्रसार गर्ने लक्ष्य लिएको छ। एनकालाई उपलब्ध हुने स्टलमा नेपालको बारेमा प्रचार प्रसार गर्ने सामग्रीहरु एनआरएनए साउथ अस्ट्रेलियाको सहयोगमा राखिने एनका अध्यक्ष बिजय जोशीले बताए । नेपालसँगै जुनियर बर्ल्ड कपमा इण्डिया , बंगलादेश ,श्रीलंका , पाकिस्तान र अफगानिस्तान टिम सहभागी हुदैछन। U10 र U12 अन्तर्गत एनकाले दुबै श्रेणीका खेलमा ” साउथ अस्ट्रेलिया नेपाल टिम ” सहभागी गराउने एनकाले बताएको छ ।

कार्यक्रमको बारेमा बताउदै एनका अध्यक्ष बिजय जोशी भने “हामीले खेलको माध्याम बाट मात्र नभएर प्रेजेन्टेसन र समापन समारोहमा नेपाली कला संस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गर्नेछौ।केहि औपचारिक कार्यक्रमहरुको संचालन नेपाली बालबालिकाहरु नै गर्नेछन।” एउटा टीममा ६ जना बालक र ४ जना बालिका रहनेछन , १० जानाको उक्त टिमले १२ ओभरको खेल खेल्नेछ। बिहान ९ :४५ मा उद्घाटन समारोह सहित सुरु हुने उक्त कार्यक्रममा पहिलो खेल १० बजे बाट सुरु भै बेलुका प्रेजेन्टेसन र समापन समारोहसँगै बेलुका ५ बजे सकिने छ।

U12 अन्तर्गत बिहान १० बजे पहिलो राउण्डको खेलमा नेपाली टीमले पाकिस्तान विरुद्ध खेल्ने छ भने राउण्ड ४ मा दोस्रो खेल दिउसो १ बजे श्रीलंकाका विरुद्ध खेल्ने छ।त्यसै गरि अन्तिम खेल नेपाल र अफगानिस्तान बीच हुनेछ। त्यसैगरी U10 अन्तर्गत नेपालले बिहान १० बजे पाकिस्तानसँग , दोश्रो खेल ११:२० इण्डियासँग र तेश्रो खेल श्रीलंकासँग १ बजे खेल्ने छ। कार्यक्रममा उपस्थिति भई जुनियर ” साउथ अस्ट्रेलिया नेपाल टिम “लाई हौसला प्रदान गरि दिनु हुन सम्पूर्ण एडीलेडमा बस्नु हुने नेपालीहरुमा एनकाले अपिल गरको छ।