फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित एनका क्रिकेट क्लिनिक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित एनका क्रिकेट क्लिनिक



एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका) ले फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गर्दै क्रिकेट क्लिनिक संचालन गरेको छ। डिसेबिलिटी लिभिङ्ग र साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनसँग सहकार्य गर्दै यहि शनिबार केस्मण्ड रिजर्बमा कार्यक्रम आयोजना गरिएको एनकाका अध्यक्ष विजय जोशीले बताए। जोशीले कार्यक्रम सफल भएको बताउदै भने ” फरक क्षमता भएका करिब ३५ युवा र बालबालिकाहरु सहभागी भएको यस कार्यक्रम हामीले क्रिकेट सबैको लागी समावेशी हुनु पर्छ भन्ने उद्देश्य सहित आयोजना गरेका थियौ।” साउथ अस्ट्रेलियामा फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित क्रिकेट क्लिनिक संचालन गर्ने क्लबहरु मध्ये एनका अग्रपंक्तिमा रहेको बताउदै साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनका म्याट लूकस र जोर्डनलेले एनकालाई धन्यबाद ब्यक्त गरेका थिए।

युवा , महिला र बालबालिकाहरुलाई समेत लक्षित गरि कार्यक्रम गर्दै आएको एनकाले आगामी दिनमा फरक क्षमता भएका व्यक्तिहरुलाई समेत केन्द्रित कार्यक्रमहरुलाई सशक्त रुपमा निरन्तरता दिने अध्यक्ष जोशीले बताएका छन। नेपाली समुदायमा सफल एशोसीयसनको रुपमा पहिचान बनाएको एनकाले पछिल्लो समय आफ्ना कार्यक्रमहरु मार्फत साउथ अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा समेत दरिलो उपस्थिति गराएको विश्वास गर्छन एनकाको मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्बिसेसका रुपक बर्तौला। बर्तौलाले एनकाको बारेमा थप्दै भने ” साउथ अस्ट्रेलियाको प्रिमियरको लागी साहयक मन्त्री जिंग ली , अस्ट्रेलिया कै लिजेन्ड खेलकुद व्यक्ति कट्रिना वेब जस्ता व्यक्तिहरु क्लब एम्बेसडर, सल्लाहाकारको रुपमा एनकासँग आवद्ध हुनु भनेको एनकाको सफलता हो र एनका प्रतिको बिश्वाश हो।पछिल्लो समय एनकाले नेपाली समुदायमा मात्र सिमित नभएर बहुसांस्कृतिक समाजका बालबालिकाहरुलाई समेत क्रिकेट सिकाउदै आएको उदाहरण दिदै यो सफलता नेपाली समुदायको लागी नै गर्व गर्न लायक भएको बर्तौलाले बताए।