जुनियर बर्ल्ड कपमा टिम नेपाल सहभागी हुदै - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जुनियर बर्ल्ड कपमा टिम नेपाल सहभागी हुदै



साउथ अस्ट्रेलियन क्रिकेट एसोसिएसनले आयोजना गर्न लागेको ‘जुनियर वर्ल्ड कप २०२० ’ मा एनकाले ” नेपाल टिम ” को नेतृत्व गर्ने भएको छ ।अक्टोबर ११ तारिकको दिन फिट्ज़रोय कम्युनिटी क्लबको खेल मैदानमा बिहान ९ देखी बेलुका ३:१५ बजे सम्म चल्ने उक्त कार्यक्रममा टिम नेपाल सहभागी हुने एनकाका अध्यक्ष विजय जोशीले बताउनु भयो । जुनियर वर्ल्ड कपमामा अन्डर १० र अन्डर १२ गरी दुई टिम सहभागी हुदैछन्।

नेपालसँगै जुनियर वर्ल्ड कपमा अफ्रिका , बङ्गलादेश ,पाकिस्तान,इन्डिया ,अफगानिस्तान,श्रीलङ्का, चाइना र यहाँको आदिवासी समुदायको समेत उपस्थिति रहनेछ। टी-१२ फर्मेटमा दश खेलाडी सहभागी हुने उक्त जुनियर वर्ल्ड कप प्रतिस्पर्धी प्रतियोगिता भन्दा बहु सांस्कृतिक समुदायका बालबालिकाहरू बिचको उत्सव रहेको अध्यक्ष विजय जोशी बताउनु भएको छ । बिहान ९ बजे उद्घाटन समारोह सहित सुरु हुने उक्त कार्यक्रममा पहिलो खेल १० बजे बाट सुरु भई प्रेजेन्टेसन र समापन समारोहसँगै बेलुका ३:१५ मा सकिने अनुमान गरिएको छ । कार्यक्रममा उपस्थिति भई जुनियर ” साउथ अस्ट्रेलिया नेपाल टिम “लाई हौसला प्रदान गरी दिनु हुन सम्पूर्ण एडीलेडमा बस्नु हुने नेपालीहरूमा एनकाले अपिल गरेको छ।