छुट्टियो अञ्चलअस्पताललाई पाँच करोड रकम - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छुट्टियो अञ्चलअस्पताललाई पाँच करोड रकम



हिमाल पोष्ट / बुटवल । स्वास्थ्य मन्त्रालयले बुटवलको लुम्बिनी  अञ्चल अस्पताललाई पछिल्लो पटक ५ करोड १८ लाख रुपैया बजेट स्विकृत गरेको  छ ।
स्वास्थ्य मन्त्री गगन थापाको प्रत्यक्ष निर्देशनमा अस्पतालमा अत्याधुनिक उपकरण खरिदका लागि १ करोड ९८ लाख , अप्रेसन भवनका लागि २ करोड , डायगोनोइष्ट भवनका लागि १ करोड र अस्पतालको आकस्मीक उपचार भवनको मर्मत तथा परिसर भित्रको अत्याबश्यक सडक मर्मत र कालोपत्रेका लागि २० लाख रुपैया बजेट बिनियोजन भएको हो ।

आवश्यक र आधुनिक उपकरण खरिद र नयाँ भवन निर्माणका लागि गर्नका लागि प्रचलित कानुन अनुसार छिट्टै टेण्डर आव्हान गरिने अस्पताल बिकास समितिका अध्यक्ष रमेश खनालले जानकारी दिनुभयो ।

अस्पतालमा अत्याधुनिक उपकरणको अभावमा सेबाग्राहीको उपचारमा समस्या हुदै आएको अबस्थामा स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक उपकरण खरिद र अत्याधुनिक भवन निर्माणका लागि बजेट बिनियोजन गरेपछि समस्या हल गर्न सहयोग पुग्ने अस्पतालका सुचना अधिृकत लक्ष्मीराज रेग्मीले जानकारी दिनुभयो ।
लुम्विनी अञ्चल अस्पतालमा लुम्विनी अञ्चलका ६ जिल्लाका सहित मध्ये पश्चिमका केहि जिल्ला र भारतबाट समेत उपचार गराउन बिरामी आउने गर्दछन ।

स्वास्थ्य मन्त्रालयको कार्यभार गगन थापाले सम्हालेपछि सरकारी अस्पतालको स्तरबृद्धि र त्यहाँबाट प्राप्त हुने सेबा र सुबिधालाई जनमैत्रि बनाउने अभियानको थालनी भएको हो ।