यी हुन् क्रिकेटमा विश्व किर्तिमान बनाउने नेपालकी अञ्जली चन्द - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

यी हुन् क्रिकेटमा विश्व किर्तिमान बनाउने नेपालकी अञ्जली चन्द



दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा माल्दिभ्स विरुद्धको खेलमा नेपालकी अञ्जली चन्दले विश्व कीर्तिमान बनाएकी छन् ।

चन्दले एक रन पनि नदिई ६ विकेट लिइन् । सातौं ओभरमा बलिङ गर्न आएकी चन्दले मेडन ओभरमा तीन विकेट लिइन् । यसपछि नवौं ओभरमा दुई विकेट लिइन् । नवौं ओभरमा पनि मेडन नै राखिन् ।

एघारौं ओभरमा आएकी चन्दले थप एक विकेट लिदैं ह्याट्रिक पूरा गर्दै विश्व कीर्तिमान बनाएकी हुन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले कुनै रन नदिई ६ विकेट लिएका छैनन् ।

१०.१ ओभरमा १६ रन जोडेको माल्दिभ्सलाई नेपालले बिना विकेटको क्षतिमा ०.५ ओभरमै हराउँदै विजयी शुरुवात गरेको छ । नेपालका लागि करुण श्रेष्ठले १३ रन जोडिन् भने चार रन एक्स्ट्रा मिलेको थियो ।