अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने



१२ माघ, काठमाडौं ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारतले पद्मश्री पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।गणतन्त्र दिवसको अवसरमा भारतले पद्म सम्मान पाउनेहरुको सूची सार्वजनिक गरेको छ ।

यो वर्ष सर्वोच्च नागरिक सम्मान भारत रत्न भने कसैलाई पनि प्रदान गरिने छैन ।पद्म भुषण सम्मान ७ जनालाई प्रदान गरिने भएको छ भने तेस्रो सर्वोच्च नागरिक सम्मान पद्म श्री ३५ जनालाई दिइने भएको छ । यो सूचीमा अनुराधा पनि छिन् । उनी सीएनएन हिरोसमेत हुन् ।

गैरआवासीय भारतीयका रुपमा अनुराधासँगै एड्स अनुसन्धानकर्ता डा. सुनिती सोलोमन र कलाकार इमरान खानले पद्मश्री सम्मान पाउनेछन् ।