अनुष्का शर्मा गम्भीर रोगको शिकार - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अनुष्का शर्मा गम्भीर रोगको शिकार



बलिउड अभिनेत्री एवं क्रिकेटर बिराट कोहलीकी पत्नी अनुष्का शर्मालाई गम्भीर रोग लागेको छ । त्यसैले भएर हिजोआज प्रायः अस्पताल परिसर वरिपरी देखिन्छिन् । घेरैले अनुष्का गर्भवती भएकोले चेकजाँच गराउन अस्पताल पुगेको अड्कल गरेका थिए । वास्तवमा त्यो नभई अनुष्का शर्मा गम्भीर रोगको शिकार भएको भारतीय मिडियाले जनाएका छन् ।

भारतीय मिडियाका अनुसार अनुष्का अहिले बल्जिङ डिस्क नामक रोगले ग्रसित भएकी छिन् । बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । यो रोग उनको पुरानो भएपनि अहिले यो बल्झिएर च्याप्न थालेपछि अनुष्का आत्तिएर अस्पताल निरन्तर चेकजाँचको लागि गइरहेकी छिन् ।

उपचारमा लागेकी अनुष्कालाई आफ्नो पीडाको चिन्ता त छनै तर विवाह पछि आफ्नो फिल्मी करियर भन्दा पनि पति बिराट कोहलीको खेललाई बढी ध्यान दिइरहेकी छिन् ।