अर्घाखाँचीको जुकेनामा एकीकृत घुम्ती शिविर गरिने - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

अर्घाखाँचीको जुकेनामा एकीकृत घुम्ती शिविर गरिने



हरि प्रसाद भुषाल/अर्घाखाँची
अर्घाखाँची जिल्लाको जुकेनामा एकीकृत घुम्ती शिविर गरिनेभएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकोृ आयोजनामा यही फागुन १९ गते गरिने शिविरमा जिल्लाका सरकारी कार्यालयबाट प्राप्त हुने सवै सेवा उपलव्ध गराउने तयारी भैरहेका जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ ।

शिविरमा नागरिकताको प्रमाणपत्र वितरण, अपांग परिचयपत्र वितरण, स्वास्थ्यसेवा प्रदान लगायतका सवै सेवा प्रदान गर्ने तयारी जिल्लाका रहेका सरकारी कार्यालयहरुले गरेका छन् ।

कार्यक्रममा सक्रिय सहभागि भई सरकारी सेवाको घरदैलोमा सेवा ग्रहण गर्न सवै स्थानीयवासीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले आग्रह समेत गरेका छन् ।