अर्घाखाँची सेवा समाज कतारको सांस्कृतिक कार्यक्रम सम्पन्न, दसैँमा जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्घाखाँची सेवा समाज कतारको सांस्कृतिक कार्यक्रम सम्पन्न, दसैँमा जिल्लालाई एम्बुलेन्स उपलब्ध गराउने



टेकराज थापा, कतार।

अर्घाखाँची सेवा समाज कतार द्वारा बृहत् सांस्कृतिक तथा मिलन समारोहको आयोजना गरी सनैया स्थिति रोटाना होटलको सभा हलमा भव्यताका साथ सम्पन्न गरेको छ।

सस्थाका अध्यक्ष ठाकुर कुमार परियारको सभापतित्व र प्रमुख अतिथि क्रान्ति सिंह अतिथित्वमा महासचिव टेक राज थापाको सञ्चालनमा कार्यक्रममको ब्यानर अनावरण दीप प्रज्वलन गरी राष्टिय गान,हाम्रा हरेक परिवर्तनमा सहिद हुनु भएका सहिदहरु प्रति मौन धारण गरी सुभारम्भ गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाईप्रथम उपाध्यक्ष केदार नाथ भुसालबाट स्वागत मन्तव्य गरिएको थियो।

यसै गरी विशेष अतिथिमा अर्घाखाँची सेवा समाजका विशेष सल्लाहकार जितेन्द्र पाण्डे, एन. बि. रायमाझी, सल्लाहकार वेद राज अधिकारी उपस्थिति रहेको थियो । स्थानीय चर्चित कलाकारहरूको उत्कृष्ट प्रस्तुति रहेको उक्त कार्यक्रममा कतारमा विशेष गरी जिल्ल्ला बासी बिचआन्तरिक कार्यक्रम भए पनि सुभचिन्तक क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, बुद्धिजीवी,पत्रकार, कलाकार लगायत कतारको विभिन्न क्षेत्रबाट जिल्ला बासी गैर जिल्ला बासीहरुको बाक्लो उपस्थिति रहेको थियो।

अथितीहरुमा गुल्मी सेवा समाज कतारका अध्यक्ष बुद् पाण्डे,मोना कतारका वरिष्ठ उपाध्यक्ष तिलु शर्मा,प्युठान सेवा समाजका उपाध्यक्ष बलदेब राना, ईलाम सेवा समाजकी उपाध्यक्ष रेनुका कार्की, सामाजिक अभियान्ता कृष्ण परियार, सन्ध्या गुरुप अलखोरका कोषाध्यक्ष सन्तोष के सी, हाम्रो आफ्नै जिल्ला बासी बौदिक ब्याक्तित्व नन्द बहादुर खड्का,नारायण बहादुर खड्का,अग्रज रेम बहादुर बस्नेत ,अर्घाखाँची सेवा समाज अन्तर्गत बाँगी सेवा समाजका अध्यक्ष कुल बहादुर केसी,युवा समाज सेवी छम परियार, दिवाकर पौडेल, असीम महद,समाज सेवी कमल अर्याल, पत्रकार राजन लामा,मुग्लानी खबर डट कमका सन्तोष केसी,साझा नेटवर्क कतार,लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी पत्रकारहरुको आतिथ्यता रहेको थियो।

यसै गरी सस्थाको तर्फ देखि शुभकामना मन्तव्य संस्थाका केन्द्रीय सदस्य विष्णु प्रसाद भुसालले राख्नु भएको थियो।गुल्मी सेवा समाजकाअध्यक्ष बुद् पाण्डे,नन्द बहादुर खड्का,रेम बहादुर बस्नेत,वेद राज अधिकारी कुल बहदुर केसीले,शुभकामना मन्तव्य राख्नु भएको थियो।
दोहाको स्थानमा आफ्नो साङ्गीतिक क्षेत्रमा नाम चिनाउन सफल रहनु भएका चर्चित लोक गायक शरद पाण्डे,लोक तुल बहादुर परियार गायिका कमला गुरुङको उपस्थितिले दर्सकहरुलाई आफ्नो स्थानमा छम छम नाची रमाएको देखिन्थ्यो थियो ।

यसै गरी ,हास्यकलाकार गुल्मेली माग्ने बुढाको नामले परिचित हास्य कलाकार सुरज बिसीले देशमा भई रहेको काल्पनिक विषय बस्तुमा विशेष गरी नेताहरूको अभिनय गर्दै उपस्थित सम्पूर्णलाई हसाएका थिए।युवराज खत्री,आधुनिक तथा पप अर्जुन रक,चर्चित डान्सर संचमाया तामाङ, भगबती बस्यालले कल्ले लाने हो मलाई डोलीमा चडाई भन्ने गीतको बोलमा आफ्नो नृत्यले उपस्थिति दर्शकमा उत्साहित बनाएको थियो।

सुनिल परियार ,दिपेन्द्र बि.क,योगेन्द्र राई ,कृष्ण सेवन, नन्दा परियार, दिपेन्द्र बिसी, कृष्ण मित्रकोटी हास्यकलाकार कृष्ण काफ्ले,गोविन्द न्यौपाने,दामोदर भुसाल लगायत लगायत डेढ दर्जन भन्दा बढी कलाकारहरूले आफ्नो धमाका प्रस्तुति दिएर कार्यक्रम निकै सगिंतमय बनेको थियो ।भने संस्थाले कलाकार,र कार्यक्रमलाई विशेष सहयोग गर्ने ब्यक्तीत्वहरु पूर्व सह-कोषाध्यक्ष सुदिप पाण्डे,पूर्व कार्य समिति सदस्य नारायण रानालाई,सभापति र प्रमुख अतिथि क्रान्ति सिंहको हातबाट कदर/ प्रशंसा पत्र प्रदान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि क्रान्ति सिंहले जिल्ला बासीको बाक्लो उपस्थिति रहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि उहाँहरूको सुझाव सल्लाह र सहयोगको सधैँ आवश्यक पर्ने भएको हुँदा संस्थाले जिल्लामा एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेको र उक्त एम्बुलेन्स अभियान देशमा प्राकृतिक दैविक परोपकारका कारणले हामीलाई असहज वातावरण श्रीजना भएको हुँदा ढिलाइ भएको महसुस गर्दै अहिले उक्त योजना तीव्र गतिमा चलिरहेको र एम्बुलेन्स खरिद गर्नेको लागि अहिले हामी सँग ५०% रकम हाम्रोसंस्थाकोएम्बुलेन्स समितिको बैङ्क खातामा रहेको जानाकारी दिएका थिए।

यहाँका विभिन्न सङ्घ संस्था बुद्धिजीवी ब्यबसायिकहरुलाई पत्रचार गरिसकिएको जानकारी गराउदै उहाँहरुबाट सहयोग आउने क्रम जारी रहेकोले २०७४ दसैँसम्म देशको स्थिति फेर बदल नभए विगतमा देशमा भएका विभिन्न बन्द हर्ताल जस्ता कार्य नभए उक्त निर्धारित समयमा संस्थाले एम्बुलेस हस्तान्तरण गर्ने योजना बनाएको बताए ।

यसमा कुनै दुई मत नरहेको यहाँ उपस्थिति जिल्ला बासी बिच जानकारी गराउदै विगत लामो समय देखि ४ लाखाको हारा हारिको सङ्ख्यामा हामी नेपालीहरूको बाहुल्यता रहेको ठाउँमा लामो समय देखि अभिवाबक बिहिन रहेको स्थानमा फेरी नयाँ राजदूत पाएकोमा हामी लाभान्वित र हाम्रा विगतमा भएका श्रमिकहरूले सहनु परेका दुख पिडा र समस्याहरूको हामी नेपालीहरूलाई दु:खको बेला महलम लगाउने काम गर्नु हुनेछ भन्दै खुसी व्यक्त गर्नु पर्ने बताउनु भयो।

अन्तमा कार्यक्रमको सभापतित्व सस्थाका अध्यक्ष ठाकुर कुमार परियारले हाम्रो निमन्त्रण सहज स्वीकार गरी अति व्यस्तथातको बबावजुत पनि विभिन्न स्थानबाट उपस्थिति हुनु भएका सम्पूर्ण जिल्ला बासी गैर जिल्ला बासी सम्पूर्णलाई हार्दिक धन्यवाद प्रकट गर्दै विशेष साङ्गीतिक कार्यक्रम रहेको हुँदा यहाँ कतारमा रहनु भएका साङ्गीतिक प्रतिभाहरुलाई जमघाट गर्ने जो भर्खर भर्खर साङ्गीतिक क्षेत्रमा पहिलो कदम राख्नु हुने प्रतिभासालीहरुलाई उत्साहित गर्न उहाँहरूको आवाजलाई जनताको माझमा चिनाउन सांस्कृतिक जगेर्ना गर्न कार्यक्रमको आयोजन गरिएको बताए।

समाजलाई परिवर्तन गर्ने एउटा सिधा माध्यम सास्कृतिक पनि हो। सास्कृतिकको माध्यमबाट समाजमा हुने गरेका अन्धविश्वास कुरीति, विकृति, अन्याय अत्याचारको विरुद्ध प्रत्यक्ष रूपमा आवाज उठाई समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा हामीले त्यस्ता समाज परिर्वनका सूत्रलाई सङ्गीतको माध्यमबाट ढालेर समाज र राष्ट्रलाई सधैँ चेतना जगाउनु पर्ने आवश्यक रहेको भन्दै, आफ्नो निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने तथा कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्‍याउनु भएका कलाकार, विभिन्न सङ्घ सस्थाका प्रतिनिधि तथा उपस्थित सम्पूर्णमा हृदय देखी धन्यवाद प्रकट गरेका थिए ।

सहयोगी मनका धनी उहाँहरूको आर्थिक भौतिक नैतिक सुझाव सल्लाह सस्थालाई जति बेला पनि खड्की रहने तर्क गर्दै साङ्गीतिक माहोललाई सब्यभब्य बनाउन आफ्नो अति ब्यास्ता बावजुत पनि दोहाको परिभेसमा भन्नु पर्दा प्रतिभासाली र सङ्गीत प्रति माया राख्ने नयाँ भाइ बहिनीहरूलाई प्रोसाहित गर्नु एकदम खुसीको कुरो हो भन्दै उहाँको साङ्गीतिक क्षेत्रको प्रगतिका पाहिलाहरु सधैँ अग्रसर रहुन भन्दै उहाँको साङ्गीतिक यात्रा सफलताको शुभकामना समेत दिए।

यो माहोल बनाउन सस्थाका सदस्य सांस्कृतिक संयोजक अनिल कुमार परियारलाई विशेष धन्याबाद दिँदै, कार्यक्रमलाई व्यवस्थित मर्यादित बनाउन सुरुदेखि अन्त सम्म भूमिका निभाउनु भएका केदार नाथ भुसाल, कोषाध्यक्ष राम प्रसाद पराजुली, अफजल मियाँ, विष्णु क्षेत्री, स्यंमसेवक संयोजक विष्णु प्रसाद, बोम बहादुर बस्नेत, हरि प्रसाद भुसाल, तिलक भुसाल, राजेन्द्र भुसाल, मणिराम बस्नेत, जी.बी. केसी, सन्जय खड्का, राजु खड्का राजेन्द्र पाण्डे त्यस्तै यातायात संयोजक विष्णु बहादुर कुँवर, बलाराम पाण्डे, कृष्ण प्रसाद श्रेष्ठ,पूर्व कार्य समिति सदस्य नारायण राना लागएतलाई धन्याबाद प्रकट गरेका थिए।

अर्घाखाँची सेवा समाजले आयोजना गरेको एम्बुलेन्स अभियान तीव्र गति दौडीरहेको आगमि दसैँमा जिल्लालाई हस्तान्तरण गरिने जानाकारी गराउदै कार्यक्रमलाई सुरु देखि अन्त्य सम्म बसेर साथ दिनु उपस्थिति मानुभाबहरु प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै कार्यक्रम सौगात वातावरण समापन गर्नु भएको थियो।