सहकारीद्धारा डेरी सञ्चालन हुदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सहकारीद्धारा डेरी सञ्चालन हुदै



 घनश्याम पौडेल ‘परिश्रमी’ अर्घाखाँची, ६ असोज लुम्विनी सामुदायिक कृषी सहकारी संस्था लिमिटेड धातिवाङ्गले ‘डेरी पसल’ सञ्चालनमा ल्याउने भएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन वाट २ लाख रुपैयाँ प्राप्त भई धातिवाङ्गमा दुग्ध उत्पादन केन्द्र स्थापना गर्न लागिएको छ । लुिम्वनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक इन्द्रमणि पौडेलको पहलमा २ लाख रुपैया प्राप्त भई उक्त सहकारी संस्था धातिवाङ्ग मार्फत डेरी सञ्चालन हुन लागेको हो ।

संस्थाले धातिवाङ्गवाट उत्पादन गरेको दुध, पनिर, दही लगायतका दुग्धजन्य पदार्थहरु पाल्पा, बुटवल तथा सन्धिखर्कमा बिक्री गर्ने उद्देश्य लिएको संस्थाका अध्यक्ष पुनाराम पौडेलले वताउनुभयो । सर्यौ सदस्यहरु रहेको सो संस्थाले एक दुई वर्षपछि दैनिक १५ सय लिटर दूध संकलन गर्ने सक्ने जानकारी दिएको छ । संस्थाका सदस्यहरु तथा धातिवाङ्गका सवै जनताले उत्पादन गरेको दुध विक्रि गर्न पाउने, उत्पादन गरेको दुध विक्रि गर्दा कुनै शेयर नलाग्ने संस्थाका सचिव दिपक पौडेलले जानकारी दिनुभयो ।

डेरी सञ्चालनमा आएपछी व्यावसायिक रुपमा भैसी तथा गाईपालन गर्ने कृषकहरु बढने बताईएको छ, डेरी सञ्चालन गर्नका लागी आवश्यक फ्रिर्ज तथा भाडाहरु किनिएको छ । धातिवाङ्गका सवै बासिन्दाहरु शेयर लगानी नगरीकन डेरी सञ्चालनमा आउन लागेपछी बासिन्दाहरु हर्षित भएका छन ।