अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त



हरि प्रसाद भुषाल/अर्घाखाँची

निरन्तरको बन्द खुल्ला भएपछि जनजीवन सामान्य बन्दै गैरहेका बेला आजबाट घोषणा गरेको अनिश्चितकालिन लुम्विनी बन्दका कारण अर्घाखाँचीको जनजीवन फेरी अस्तव्यस्त भएको छ ।

सरकारले पाँच नं. प्रदेश टुक्राउन खोजेको भन्दै विरोधमा उत्रीएको संयुक्त संघर्ष समिति अर्घाखाँचीले प्रदेश स्तरीय निर्णय अनुसार बन्द फिर्ता लिएपछि सामान्य बन्न थालेको अर्घाखाँचीमा हिजोबाट फेरी बन्दको आह्वान गरिएपछि जनजीवन अस्तव्यस्त भएको हो । आफ्ना रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यारालाई पहिचान गरी कारवाहीको माग गर्दै युवासंघले लुम्विनी बन्दको आह्वान गरेसंगै अर्घाखाँची जिल्लामा बिहानैदेखी बन्दको प्रभाव देखिएको छ ।

बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन संचालनमा आएका छैनन भने बजार समेत ठप्प रहेको छ । यद्यपी गाउँ गाउँमा भने पसल र गाडीहरु फाट्ट फुट्ट संचालनमा आएको हाम्रा सहकर्मीहरुले उल्लेख गरेका छन् ।