नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत मात्रै, आगामी वर्ष झन् खुम्चिने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत मात्रै, आगामी वर्ष झन् खुम्चिने



काठमाडौँ- सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको हो ।

आउने वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने र २०२४ मा यस्तो वृद्धिदर केही खुम्चिएर ४.९ प्रतिशतमा रहने विश्व बैंकको अनुमान छ ।

बैंकले नेपालको मूल्य वृद्धिदर अर्थात मुद्रास्फीतिदर सन् २०२२ मा ६.३ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ मा मूल्यवृद्धि ५.५ र २०२४ मा ५.३ प्रतिशत रहने विश्व बैंकको अनुमान छ ।

सरकारले पनि मूल्यवृद्धि ७ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिएको छ । नेपालको कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने विश्व बैंकको अनुमान छ ।

सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ ।