किन गर्भै देखि सङ्घर्ष गर्नुपर्छ नारीले ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

किन गर्भै देखि सङ्घर्ष गर्नुपर्छ नारीले ?



मनिकला महतारा 

नारी र पुरुषविचको असमानता युगौ युग देखि चलिरहेको भन्ने अनुमान हामी पौराणिक कथा रामायणमा सीता हरण र महाभारतमा द्रोपती वस्त्रहरणबाट लगाउन सक्छौँ । यी विभिन्न किसिमका हरणबाट सजिलै बुझ्न सकिन्छ कि नारीलाई त्यस बेला देखि नै कमजोर मानिन्थ्यो ।तर नारीले विद्रोह नगरेको भए सायद आज रामायण र महाभारत जस्ता महा पुराणहरु लेखिएका हुने थिएन होला ।

त्यो समय पनि नारीलाई आफ्नो पवित्रताको अग्नि परीक्षा दिन पर्‍यो । त्यस बेला पनि रामायणमा भगवान् मानिएका श्रीरामले आफ्नी पतिव्रता सीतालाई भन्दा समाजको विश्वास गरी सिताको पवित्रताको अग्नि परीक्षा लिएका थिए। युग परिवर्तन सँगै नारी आज पनि आफ्नो अस्तित्वको लडाई लडि नै रहेका छन्। आजको आधुनिक युगमा अब नारीलाई गर्भबाट नै सघर्ष सुरु गर्नु परेको छ।

नारी अस्तित्वलाई भ्रुणबाटै मेटाउनको लागि हरेक ठाउँमा सरकारी मान्यता पाई रहेका व्यापार केन्द्र (गर्भपतन केन्द्र )खोलिएका छन् ।आज नारीलाई नारी भई जन्मनु आफैमा एक अभिशाप हो भन्ने भान हामी र हाम्रो समाजले गराउदै आइरहेका छौ ।नारी र पुरुषबिचको असमानताको लागि हजारौँ आधारहरु निर्माण गरिएका छ्न ।

नारीलाई आफ्नो जीवनकालको हरेक मोडमा संघर्षरत रहनु पर्ने बाध्यताहरु सिर्जना गराइएका छन् । खास गरी उ नारी जसलाई हामीले एकल नारी या श्रीमानले छोडेका (डिवोर्सि ) को नामबाट चिन्छौ।जसलाई समाजमा परपुरुषसंग बोल्ने अधिकारसमेत छैन । जसलाई उनी असल नारी भइकन पनि चरीत्रहिनको संज्ञा दिन्छौं । एकल हुदैमा के स्वतन्त्र भई बाच्न नै नपाउनु हो र ? एकल महिलालाई हेर्ने दृष्टिकोण पनि समाजमा अरू महिला भन्दा फरक छ।

एक छुट्टै किसिमको धारणा बसालिएको छ सबैको मस्तिष्कमा कि उनीहरू विकृति हुन, गलत हुन, सबै जोगिनु पर्छ उनीहरुदेखि ,विवहित पुरुषहरू बिगार्छ्न रे ! कस्तो समाज निर्माण गर्दै छौ त हामी ?? एक असल एकल महिला र एक असल विवाहित पुरुषबिचको असल मित्रताको सम्बन्ध कसरी असभ्य ,अनैतिक हुन्छ ।हामी उनी पुरुष र एकल महिला भएको कारण उनीहरूको सम्बन्धलाई गलत बनाइ टिकाटिप्पणीको विषय बनाउन पछि पर्दैनौ।

अन्त्यमा जब प्रकृतिले नै हामीलाई विपरीत लिङ्गीप्रति आकर्षणको गुण दिएको छ भने हामी किन महिला र पुरुषको मित्रतालाई स्विकार्न सक्दैनौं ? के एकल महिलाको अर्थ उनी समाजमा एक्लै हुनु हो र ? के एकल महिलाले हामी जस्तै भावनाहरू, सम्वेगहरु कुनै पुरुषसङ साटासाट गर्न नपाउने त ?