अस्ट्रेलियामा मुख्य बाटो बन्द, लाईन काटियो: आँधी आउनसक्ने चेतावनी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अस्ट्रेलियामा मुख्य बाटो बन्द, लाईन काटियो: आँधी आउनसक्ने चेतावनी



बीबीसी- भिक्टोरीयाको पूर्वीय क्षेत्रमा धेरै पानी परेको कारण बाढीको संकेत देखिएको अधिकारीहरुले बताएका छन् ।

भिक्टोरीया, न्यु साउथ वेल्स र क्वीनसल्याण्ड क्षेत्रका झाडीमा आगो लागेको थियो । त्यस क्षेत्रमा पानीले त्यहाँको वातावरण निकै नै ओसिलो बनाएको बताइएको हो ।

विग्रदो मौसमका कारण मुख्यबाटाहरु बन्द गरिएको छ । बत्तिहरु लाइनहरु काटिएका छन् ।

अधिकारीका अनुसार आगो लागेका ठाउँमा निकै नै पानी परेको बताइन्छ तरपनि सुदुर दक्षिणी भुभाग र सिमामा यसको असर नरहेको प्रकास पारिएको छ ।

अस्ट्रेलियाका मौसमविद भन्छन्, “आँधीबेहरीका साथै हावा हुरी, पानीले जनजीवीका निकै प्रभावित बनाएको छ ।”

कंगारू टापुमा भने झाडीहरुमा आगो शनिबार पनि सल्केको बताइन्छ । त्यहाँ भने पानी नपरेको बताइएको छ ।

पछिल्लो समयमा लागेको आगोको कारण करिब २८ जना मानिसको मृत्यु भएको , हजारौं मानिस घरबार बिहीन भएको र लाखौं हेक्टर जमीन आगोको चपेटामा परेको बताइन्छ ।

शनिबार ७५ झाडीमा आगो लागेको र पानीले केही मत्थर पारेको भनिन्छ ।