अस्ट्रेलियामा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अस्ट्रेलियामा एकैदिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिए



सिड्नी- लामो समयपछि अस्ट्रेलियामा ठुलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय अष्ट्रेलियामा कोरोना संक्रमण फैलिन थालेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लामो समय ठुलो संख्यामा संक्रमित नभेटिएको अस्ट्रेलियामा एकैदिन ८१ जनाभन्दा कोरोना संक्रमित भेटिएका छन् । अष्ट्रेलिया सरकारले उच्च सतर्कता अपनाउन र दुरी कायम गर्न आग्रह गर्दै आइरहेको छ ।

लकडाउन खुकुलो पारेपछि कोरोना संक्रमण पुन: फैलिएको बताइएको छ । छोटो समय लकडाउन गरेर अष्ट्रेलियामा लकडाउन खुकुलो बनाइएको थियो ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा सबैभन्दा धेरै संक्रमित फेला परेको बताइएको छ । हालसम्म अष्ट्रेलियामा ७७६८ जना कोरोना संक्रमित रहेका छन् ।

संक्रमित मध्य ६५५ जनाको उपचार भैरहेको छ । त्यस्तै ७ हजार ८ जना निको भएर घर फर्किएका छन् भने हालसम्म अष्ट्रेलियामा कोरोना कारण १ सय ४ जनाको मृत्यु भइसकेको छ ।