शताब्दीकै चर्को गर्मीले अस्ट्रेलिया आक्रान्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शताब्दीकै चर्को गर्मीले अस्ट्रेलिया आक्रान्त



अस्ट्रेलिया- यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी जारी गरेको छ ।

बिहिबार एडिलेड शहरको तापक्रम ४३ डिग्री रेकर्ड गरिएको थियो । बुधबार झण्डै ४२ डिग्री रहेको थियो ।

यो बढेर ४६ सम्म पुग्ने अनुमाान छ । मेलबर्नमा ४४ डिग्री मापन भएपछि गएको १ सय ४३ वर्षमा सबैभन्दा तातो डिसेम्बर महिना बन्न पुगेको छ ।

सिड्नीमा केही कम भएपनि त्यहाँ लागेको डढेलोले गर्दा स्थिति झन बिग्रिएको छ ।

हावामा विषालु धुँवा फैलिएको भन्दै सकेसम्म घरमै रहन र सुरक्षाका उपाय अपनाउन आपतकालीन सेवाका अधिकारीहरुले आग्रह गरेका छन् ।

पूर्वानुमान अनुसार एडिलेडको पोर्ट अगुष्टामा आज ४९ डिग्री तापक्रम पुग्नेछ । ४० डिग्रीको हाराहारीमा रहेको यहाँको तापक्रम एक्कासी बढेको छ ।

अगष्टाका मेयरले सडक पूरै पग्लिरहेको बताएका छन् भने सडक विभागका कामदारहरु त्यहाँ रोडा हाल्नमा व्यस्त छन् ।

मौसम विभागले एडिलेडमा मेघ गर्जनको र चट्यांगको सम्भावना रहेको समेत बताएको छ । न्यूसाउथवेल्सको वागावागामा ४५ डिग्री तापक्रम पुग्ने अवस्था छ ।