चीनकै वैज्ञानिकले बनाए कोरोना निको हुने औषधी: छिट्टै निको हुने दाबी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चीनकै वैज्ञानिकले बनाए कोरोना निको हुने औषधी: छिट्टै निको हुने दाबी



एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनले यसविरुद्धको औषधी बनाएको दाबी गरेको छ । चीनको चर्चित र प्रतिष्ठित पेकिङ विश्वविद्यालयका चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका हुन् ।

कैयौं देशले कोरोना विरुद्धको भ्याक्सिन बनाउने तयारी गरिरहेका बेला चीनमा भने औषधि नै पत्ता लगाएको दाबी गरेको छ । विश्वभर महामारी भएपछि संसारका थुप्रै चिकित्सक र कम्पनीहरु भ्याक्सिन निर्माणमा जुटिरहेका छन्।

यस्तो अवस्थामा पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुले यसको औषधि नै पत्ता लगाएपछि अन्तर्राष्ट्रिय मिडियाहरूले यसलाई प्रमुखताका रूपमा प्रकाशन गरेका छन् । यस्तो समयमा चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधी नै तयार पारेको कैयौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधीले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधी अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् ।

विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधीले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधी जनावरमा सफल भएको छ ।’ निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधीको परीक्षण गरिरहेको बताए ।

उनले यो औषधी मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए । उनका अनुसार यो औषधीले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ्ग एन्टीबडीको प्रयोग गर्दछ ।

निर्देशक शीले यो वर्षको अन्त सम्ममा औषधी तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेख समेत प्रकाशित भएको छ ।