संबिधान दिवसको अवसरमा अष्ट्रेलियामा 'नेपाल डे' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

संबिधान दिवसको अवसरमा अष्ट्रेलियामा 'नेपाल डे'



नेपालमा संविधान जारी भएको विशेष दिनलाई सम्झिएर सोहि अवसरमा नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ शनिबार अष्ट्रेलियामा ‘नेपाल डे’ मनाइएको छ ।14456692_1289478424430090_1718288805_o

साउथ अष्ट्रेलियाको एडिलेडमा विभिन्न नेपाली समुदायहरुको सहकार्यमा इन्डियन कम्युनिटी , पाकिस्तानी कम्युनिटी , इरानी कम्युनिटी, फिजी लगायतकाहरुको सहभागिता एवंम गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा भएको कार्यक्रम सम्पूर्ण रुपले पर्यटन प्रबद्र्धनमा केन्द्रित थियो ।14453838_1289478364430096_641696785_o

कार्यक्रममा  हस्तकलाका सामग्री प्रदर्शन ,नेपाली कला सस्कृति झालिकने ” कल्चरल फेशन शो ” ,नृत्य ,सांगीतिक प्रस्तुति , पर्यटनको प्रचार सामाग्रीका श्रब्य दृश्यहरु,आदिको प्रदर्शन गरिएको आयोजक एनआरए साउथ अष्ट्रेलियाका सचिव नविन पन्तले जानकारी दिए ।

कार्यक्रममा नेपालीहरुका साथै अष्ट्रेलियाली सरकारका मन्त्री, सांसद, राजनीतिक दलका नेताहरुका साथै स्थानीय विदेशीहरुको समेत बाक्लो उपस्थिति थियो । सहभागीहरुले नेपाल पर्यटनका लागि अत्यन्तै उपयुक्त देश भएको र भुकम्पपछिको अवस्थालाई सहयोग पुऱ्याउन समेत नेपाल भ्रमण गर्नुपर्ने बताएका थिए ।14423882_1289478291096770_1692723318_o

कार्यक्रममा सहभागी अधिकांश विदेशीहरुले नेपालको पर्यटकीय क्षेत्र र घुम्न सकिने स्थानहरुको बारेमा चासो राखे । साथै उनीहरुले नेपाली कलासंस्कृति र परम्पराको खुलेर प्रशंसा गरेका थिए । एनआरएनए उपाक्ष्यक्ष नविन कँडेलले अधिकांश सहभागीहरु नेपाल भ्रमणमा जान इच्ुछुक रहेकाले पहिलोपटक आयोजित कार्यक्रमबाट केही मात्रामा भए पनि पर्यटकहरु नेपाल जाने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा बहुसाँस्कृतिक मन्त्री जोय बेटिसन, लेजिस्लेटिभ काउन्सिलका अध्यक्ष रसेल वाटली, सांसद डेभिट पिसोनी, राचेल स्याण्डरसन, डाना वाट्ले, बहुसाँस्कृतिक विभागका विक्रम मदन, हेलेना क्रियाजोपोलस, एनआरएनए ओसिनिया उपसंयोजक रमेश जोशी लगायतको सहभागिता रहेको थियो ।