आकस्मिक बैठक डाकेर गृहमन्त्रीले भने: 'जे पनि हुनसक्छ' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आकस्मिक बैठक डाकेर गृहमन्त्रीले भने: ‘जे पनि हुनसक्छ’



काठमाडौं – गृहमन्त्री रामहादुर थापाले मन्त्रालयमै सुरक्षा प्रमुख हरूलाई डाकेर बैठक गरेका छन् ।

आकस्मिक रूपमा डाकिएको बैठकमा बैठकमा गृहसचिव, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका प्रमुखको उपस्थिति रहेको बताइएको छ ।

थापाले गृहमा आकस्मिक बैठक डाकेर जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै सुरक्षामा उच्च सतर्क रहन प्रमुखलाई निर्देशन दिएका छन् ।

आकस्मिक तरिकाले मन्त्री थापाले बोलाएर यस्तो निर्देशन दिएपछि प्रमुखहरू पनि अलमल्ल परेका थिए।

थापाले जुनसुकै बेला पनि घटना घट्न सक्ने बताउँदै यस्तो निर्देशन दिनुले केहि सुचना उनिसम्म पक्कै आएको चाह भन्ने देखिन्छ तर के सुचना भन्ने खुलाइएको छैन ।

गृहमन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर सतर्क रहन निर्देशन दिएका थिए ।