‘बादल’ नपलपुर क्षेत्र नं.१ बाट चुनाव लड्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘बादल’ नपलपुर क्षेत्र नं.१ बाट चुनाव लड्ने



काठमाडौ , ७ कात्तिक

नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा ‘बादल’ नपलपुर क्षेत्र नं.१ बाट चुनाव लड्ने भएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा चितवनबाटै निर्वाचित भएका थिए । बादल पार्टी बिभाजनपछि मोहन वैद्य नेतृत्वको माओवादीमा लागेको केहि समय अघि प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका थिए । अहिले बादलले प्रत्यक्ष चुनाव लड्ने इच्छा देखाएकाले नै निर्वाचन आयोगमा बुझाइएको समानुपातिक सूचीमा उनको नाम समावेश छैन ।

बादलले दाबी गरेको चितवन २ एमालेको पकड क्षेत्र हो । प्रचण्डलाई क्षेत्र नम्बर ३ छाडिसकेकाले अर्को क्षेत्र दिन नसकिने एमालेको अडान छ । यस्तो अवस्थामा बादललाई नवलपुर १ बाट चुनाव लडाउने विकल्प अघि सारिएको माओवादीका एक नेताले बताए ।

नवलपुरसहित ४५ जिल्लामा मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुँदैछ ।