बाढी -पहिरो पीडित सहयोग अभियानको लागि अभाने एकता मंचको अपिल - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बाढी -पहिरो पीडित सहयोग अभियानको लागि अभाने एकता मंचको अपिल



प्रेस विज्ञप्ति

 मिति : १५ अगस्त २०१७

आदरणीय जनसमुदायहरु ,
यति बेला हाम्रो देश नेपालमा आएको बाढी – पहिरोबाट भएको जनधनको क्षति र जनताले पाएको दु:खले हामीलाई मर्माहत बनाएको छ । यश दु:खद घडीमा भारत स्थित नेपालीहरूको साझा सङ्गठन अखिल भारत नेपाली एकता मञ्च , केन्द्रीय समितिको तर्फबाट मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै , परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै घाईतेहरुको र्शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । बाढी र पहिरोका कारण विस्थापित हुनुभएका लाखौँलाख जनसमुदायहरुलाई यस  दु:खद घडीको सामना गर्न धैर्यता र साहसका साथ अघि बढ्न आग्रह गर्दछौँ । पिडितहरुलाई राहत र उद्धार सहित उचित व्यवस्थापन गर्दै , मृतक परिवार र घाइते तथा विस्थापितहरुलाई क्षतिपूर्तिको लागि नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौँ । साथै देशमा बाढी – पहिरोबाट पीडित जनसमुदायहरुलाई हाम्रो सङ्गठनले सञ्चालन गरेको ” बाढी – पहिरो पीडित सहयोग अभियान ” मार्फत भारत – प्रवासबाट नैतिक , भौतिक र आर्थिक सहयोगका लागी अखिल भारत नेपाली एकता मञ्चका नेता – कार्यकर्ता , शुभ चिंतक लगायत समस्त प्रवासी नेपाली आमा बुवा , दाजु भाइ , दिदी बहिनीहरुमा हार्दिक अपिल गर्दछौँ ।क्रांतिकारी अभिवादन सहित ।

चक्र बहादुर मलाती
महासचिव

ईश्वरी भण्डारी
अध्यक्ष