आज बागमती सफाइ महाअभियानको विशेष कार्यक्रम ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आज बागमती सफाइ महाअभियानको विशेष कार्यक्रम !



 

काठमाडौँ, २८ फागुन ।

बागमती सफाइको २००औँ हप्ता पुगेको अवसरमा आज फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

आज हुने कार्यक्रममा शिर्ष दलका नेता, निजामती कर्मचारी, सुरक्षा निकाय, विद्यालय, वडा नागरिक मञ्च, सामाजिक तथा धार्मिक सङ्घसंस्था, टोलसुधार समिति, उद्योगी, व्यापारी र पेसागत सङ्घसंस्थाको सहभागीता रहने छ।

बिहान ७ बजेदेखि ९ बजेसम्म सरसफाइ कार्यक्रम गरिने र बागमती पदयात्राका साथ बागमती र मनोहराको दोभानमा बिहान ९ः१५ देखि १०ः३० सम्म मूल कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ ।