I.A.F सिङ्गिङ आइडल सिजन -२ फाइनलको लागि कलाकारको जम्बो टोली बहराइनमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

I.A.F सिङ्गिङ आइडल सिजन -२ फाइनलको लागि कलाकारको जम्बो टोली बहराइनमा



हिमाल पोस्ट/बहराईन
अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइन ले प्रवास मा खोजी नेपाली गायन प्रतिभा को भन्ने मूल उद्देश्य राखी आयोजना गरेको आइ ए एफ सिङ्गिङ आइडल सिजन -२ को फाइनलमा सहभागिता जनाउन कलाकारहरुको जम्बो टोली बहराइन आइपुगेको छ । विगत लामो समयदेखि आयोजित आइडल कार्यक्रम को विभिन्न चरणहरू पार गर्दै सेप्टेम्बर १, शुक्रवार हुने फाइनलमा जी के पूर्ण लिम्बु , जीत भट्टराई , रिग्जेन तामाङ , हसन राई र नोर्वु छिरिङको साङ्गीतिक भिडन्त हुने छ ।

सोही कार्यक्रमलाई सफल बनाउनको निमित्त नेपाल बाट चर्चित कलाकारहरू पप गायिका तृष्णा गुरुङ, आधुनिक गायक एवम् नेपाली तारा सिजन २ का उपविजेता तारा लक्सम लिम्बु, हास्यकलाकार एवम् लोकगीतका सर्जक सुरज भिरखोइरे र लोकदोहोरी गायिका मिरा पोखरेल बुधवार बिहान नै बहराइन आइपुगेका छन् । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठुलो चाड “बकर इद”को अवसरमा हुने ४ दिनको बिदालाई बहराइन बासी नेपालीहरू थोरै भए पनि खुसी को अनुभूति दिलाउन सकिने आयोजक को दाबी छ ।

बुधवार बिहानै बहराइन आइपुगेका कलाकार हरुले आज नै यहाँको नेपाली राजदूतावास बहराइनका पदाधिकारीहरू सँग भेटघाट समेत गरेका छन् । भेटघाटका क्रममा दूतावासका उपनियोग प्रमुख खगराज पाण्डेले बहराइन मा २५/२६ हजारको हाराहारीमा नेपालीहरू कार्यरत रहेको जानकारी गराएका थिए । साथै भेटको अवसरमा नेपालबाट आमन्त्रित कलाकारहरुलाइ बहराइनको नियम, कानुनबारे पनि उनले जानकारी गराएका थिए । भेटको अवसरमा दूतावासका श्रम सहचारी जगदिश चन्द्र शिवाकोटी र कुटनैतिक प्रमुख अमृत लोप्चन लगायत उपस्थित थिए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनले आफ्नो स्थापनाकाल सन 2014 मा पहिलो आइ ए एफ बहराइन नेपाली तारा आयोजना गरेको थियो । भने यो दोस्रो सिजन हो । साथै उक्त कार्यक्रमबाट सङ्कलीत रकम सुदुरपश्चिमका विकट जिल्लाहरुमा अझै पनि बिध्यमान रहेको छाउपडी कु-प्रथा विरुद्ध लालीगुरास सेवा समाज बहराइन ले सञ्चालन गरेको एक बर्से जचेतनामुलक भिडियो डकुमेन्ट्री प्रदर्शनी अभियान लाई समेत सहयोग गरिने आयोजक ले जानकारी दिएको छ ।