नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपाली राजदुतावास बहराइनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



समिर प्रकाश पाण्डे

नेपाली राजदुतावास बहराइनले  गत आर्थिक बर्ष २०७२/७३ मा भएका गतिविधिको विवरण बहराइनमा  कार्यरत विभिन्न संघ सस्था संगठनका प्रतिनिधिहरुको उपस्थितिमा नेपाली एम्बेस्सीका कार्यवाहक राजदूत खगराज पाण्डेको  सभापतित्वमा  अन्तरक्रिया कार्यक्रम संपन्न गरेको छ ।

कार्यक्रममा सहचार्य अमृत लोप्चनले  स्वागत मन्तव्य दिनु भएको थियो भने जगदिश चन्द्र सिवाकोटि ले आर्थिक बर्षको विवरण सार्वजनिक गरि उपस्थिति प्रतिनिधिहरुलाइ बहराइन मा हुँदै आएका  केही समस्याहरु राख्ने अवसर दिनु भएको थियो, उपस्थिति प्रतिनिधिहरुले  नेपालीहरुले भोग्दै आएका समस्याहरु राजदुतावास लाई सहज गरिदिन अनुरोध गर्दै प्रतिनिधिहरुले केही समस्या हरु राख्नु भएको थियो  , कार्यक्रममा बहराइनका स्थापित संघ सस्था संगठनका प्राय जसो प्रतिनिधिको उपस्थिति थियो।नेपाली राजदुतावास बहराइनद्रारा गत आर्थिक बर्ष  २०७२/७३ मा भएको गतिविधि को विवरण यस प्रकार छ।

नेपाल एम्बेस्सी बहराइन ले गर्दै आएका मुख्य मुख्य कार्यहरु यस प्रकार छ्न।

१) यस अबधिमा संस्था गत २४१ र ब्याक्तिगत २५३ माघ पत्र बाट  कुल ६६६४ जना कामदार माग गरेका थिए जसमा professional मा २ जना skilled मा २३२६ जना semi-skilled मा २६५५ जना र un-skilled १६८१ थिए यस मध्य  महिला १२२४ थिए भने पुरुष को सख्या ५४४० रहेको नेपाली एम्बेस्सी बाट जानकारी प्राप्त भएको थियो ।
२) यस बर्षको अबधि भित्र दुर्घटना भैइ लामो समय देखि उपचार गर्दै आएका मध्ये २ जना स्वदेश फर्किएका र एक जना थप उपचार क्रममा रहेको नेपाल फर्किनेको नाम प्रकाश राई,दिल प्रसाद राई,हो भने उपचार गर्दै आएकाको नाम तिलक राई भएको जानकारी प्राप्त भएको छ।
३) गैरकानुनी रूपमा बहराइन मा बसेका नेपाली २०७३ साल अबधि भित्र ट्राभल डकुमेन्टबाट जम्मा १८४ जना स्वदेश फ्रकिएको जानकारी प्राप्त भएको थियो।
४) हाल बहराइन जेलमा गम्भीर अपराध मा ३ जना नेपाली हरु रहेका छ्न भने अन्य अपराध जस्तै चोरी,मन्दिरा बिक्री वितरण,हात पातमा २ जना रहेका छ्न भने १९९ जना नेपाली हरु चोरी,मन्दिरा वितरण,तथा मादक पदार्थ सेवान गरि उजुरी चलाएको झै झगडा गरेको ट्राफिक नियम पालना नगरेको कारण हिरासतमा रहेको जानकारी प्राप्त भएको थियो।
५) कार्यरत तथा सवारी दुर्घटनामा जीवन गुमाएका नेपालीहरुको बिमा लगायत क्ष्रेतिपुर्तीको लागि संम्बधित कम्पनी तथा बिमा कम्पनीमा पल गरेको २०७२ तथा ७३ मा ५ जना मृतक मध्य सुरेन्द्र प्रसाद कोहार लाई ६२५५ बि डि चित्र प्रसाद सुनुवार लाई २२९९३ बि डि बिजय कुमार साह लाई २६६९७ बि डि बिन्देशर मोयि लाई १४९९० बि डि भोज बहादुर थापालाइ १७९९० बि डि र दुई जना घाइते लाई प्रकाश राइलाइ १६,००० बि डि दिल प्रसाद राइलाइ ९८४ बि डि गरि जम्मा बहराइन डिनर १,०५ ९०९ बि डि जसको नेपाली रकम २,९९,७२,२७४०० करिब तीन करोड निज तथा निजको परिreceived_874259039372403वार लाई पठाइएको  राजदुत बाट जानकारी प्राप्त भएको थियो।
६) त्यसै गरि गत साल अबधि भित्र १३९६ वटा mrp मेसिन रिडेबल  पासपोर्ट जारी भएको थियो भने १०२ वटा पर्यटन र १ वटा कुटनितिक भिषा जारी गरिएको जानकारी प्राप्त भएको थियो।
७) गत साल अबधि भित्रमा मृत्यु हुनेको सख्या १२ पुगेको जानकारी प्राप्त भएको थियो।
भने अन्तमा सो अन्तरक्रिया कार्यक्रम समापन कार्यवाहक राजदुतावास खगराज पाण्डे ले अन्तरक्रिया कार्यक्रममा उपस्थिति प्रतिनिधिहरुले सोधपुछ गरेका विभिन्न प्रश्न को जवाफ दिदै बहराइनमा आइ पर्ने  हरेक  समस्याको समाधान आफुले गर्दै आएको र आउने समस्यालाई सके सम्म समधान गर्ने बताउदै अन्तरक्रिया कार्यक्रम  सम्पन भएको घोषणा गर्नु भएको थियो।
सहयोगी: – युवराज के.सी

received_874276412703999 received_874257222705918  received_874257709372536