मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको घोचपेच - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको घोचपेच



काठमाडौं- बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले वनमन्त्रालयमा कार्यरत सहसचिव प्रेम कंडेललाई सचिवमा बढुवा गरेको छ । उनको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग लामो छलफल गरेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले के कदम चाल्छन भन्ने सन्त्रासका बीच सुरू भएको बैठकमा त्यस्तो अनौठो केहि हुन पाएन । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी विवादबारे खासै कुरा गरेनन । तर प्रचण्ड निकट मानिने मन्त्रीहरूलाई भने व्यंग्य गरेका थिए ।

एक घण्टामै सकिएको बैठकमा महत्वपूर्ण निर्णय केहि नभएपनि केहीबेर मन्त्रालयहरूबारे छलफल भएको बताइएको छ । वैठकमा प्रधानमन्त्रीले सुरुमै घोचपेचबाट छलफल प्रारम्भ गरेको बताइएको छ ।

पछिल्लो समय प्रचण्ड निकट मन्त्रीहरूले प्रधानमन्त्री ओलीले पुर्व माओवादीका मन्त्रीहरुलाई पुर्वाग्रह सांध्ने गरेको बताएका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले केहि मन्त्रीज्यूहरूका नयाँ धारणाहरू सुन्न र देख्न पाएकोमा खुसी लागेको बताएका थिए ।

उनले वैठक सुरु हुनुअघि पुर्व माओवादीका मन्त्रीहरुलाई लक्षित गरेर मन्त्रीज्युहरु भ्रमणमा हुनुहुन्छ, तपाईहरुका धारणाहरु विभिन्न माध्यमहरुबाट सुनिरहेको छु भन्दै घोचपेच गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले त्यसो भनेपछि मन्त्रिपरिषदको बैठकमा मन्त्रीहरुले मुखामुख गरेका थिए । प्रधानमन्त्रीले उर्जामन्त्री वर्षमान पुनलाई लक्षित गरेर भनेको धेरैले अनुमान लगाएका छन् । मन्त्री पुनले आफुसंग विमती राख्ने मन्त्रीहरुलाई प्रधानमन्त्रीले पुर्वाग्रह सांध्ने गरेको बताएका थिए ।