बाल बाटिका क्रीकेट कप : ब्राइट फ्युचर, बसन्त मुरारि र क्याम्ब्रिज विजयी - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

बाल बाटिका क्रीकेट कप : ब्राइट फ्युचर, बसन्त मुरारि र क्याम्ब्रिज विजयी



बाैनिया,कैलाली । बर्दगाेरिया गाउपालिकामा जारि प्रथम प्रदेश स्तरिय बाल बाटिका क्रिकेट लिग २०७६ मा क्याम्ब्रिज स्कुल वलियाले विजयी सुरुवात गरेको छ । क्याम्ब्रिजले पहिलो जित दर्ता गर्ने क्रममा नाता एकेडेमी लम्कि लाई ३१ रनले पराजित गरेकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेको क्याम्ब्रिजले निर्धारित १५ अाेभरमा ९ विकेट गुमाउँदै १०५ रन जाेड्न सफल भएको थियो । जसका मिलन खड्काले २४ बलमा १ चाैका र १ छक्का काे मदतमा २१ रन बनाउदा बिष्णु शाहिले १४ रनकाे याेगदान गरेका थिय । बलिङ्ग तर्फ नाता एकेडेमी लम्किका पृथ्वी चलाउने ले ३ अाेभरमा १३ रन खर्चिदै ३ बिकेट लिदा रविन रावल,भुपेन्द्र दर्जि र नवीन कार्किले समान २ बिकेट लियका थिय ।

प्रतियोगितामा १०६ रनकाे विजयी लक्ष्य लियर मैदान प्रवेस गरेकाे नाताले निर्धारित १५ अाेभरमा ९ विकेट गुमाउँदै मात्र ९४ रन जाेड्दा हारकाे सामना गर्न पुगेको हाे । ब्याटिङ तर्फ नाताका प्रदिप चलाउने ले १६ रनको याेगदान गर्दा अन्यकाे प्रदसन उल्लेख्य रहेन ।बलिङ तर्फ क्याम्ब्रिज का मिलन खड्काले ३ अाेभरमा १ मेडन सहित ४ रन खर्चिदै ४ विकेट लिदा प्रसान्त चाैधरिले २ विकेट लियका थिय । मिलन खड्का साे खेलका म्यान अफ द म्याच घाेषित भए ।

यश अघि साेमबार नै भएको खेलमा ब्राइट फ्युचरले कैलाली नेसनल लाई २ रनले हराउदा अर्को खेलमा बसन्त मुरारी ले गणेश बाबा लाई ६ विकेट ले पराजित गरेको थियाे । यस्तै प्रतियोगिता अन्तरगत मंगलबार समेत ३ खेल सञ्चालन हुने अायाेजक नव बाल बाटिका बिधा मन्दिर का संस्थापक तथा प्रतियोगिता संयाेजक प्रमाेद मल्लले जानकारी दिनु भएको छ ।