बालेनलाई घेराबन्दी गर्नेविरुद्ध एक हुन हर्क साम्पाङको अपील - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बालेनलाई घेराबन्दी गर्नेविरुद्ध एक हुन हर्क साम्पाङको अपील



काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्र जनप्रतिनिधिहरु एक बन्ने बेला आएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर बालेन साह घेराबन्दीमा परेको भन्दै उनले यस्तो बताएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कथाले मागेपछि स्वतन्त्र जनप्रतिनिधिहरु एक हुने बेला आएको भन्दै मेयर साहलाई आफनो साथ रहेको बताए ।

उनले लेखेका छन्,‘कथाले माग्यो अब ! स्वतन्त्रहरु एक बन्ने बेला आएको छ ! स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ ! त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ !’