मेयर बालेनलाई अर्को संकट- मेयर पद नै जानसक्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

मेयर बालेनलाई अर्को संकट- मेयर पद नै जानसक्ने



काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर)बालेन्द्र शाहलाई अर्को संकट आइपरेको छ ।

निर्वाचन आयोगको निर्णय नमानेकाले बालेनको पद धरापमा देखिएको छ । आयोगले विभिन्न समयमा ताकेता गर्दा पनि बालेनले प्रक्रिया भने पुरा गरेका छैनन्।

निर्वाचनमा भएको खर्च विवरण समयमा नबुझाएका बालेनले पटक पटक जरिवाना मिनाहा गर्न। आग्रह गर्दै आएका छन् । निर्वाचन आयोगले साढे ७ लाख जरिवाना तोकेको छ । सो जरिवाना नतिर्दा मेयर बालेनको पद धरापमा परेको हो ।

स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका बालेनलगायतका उम्मेदवारहरूलाई आयोगले ताकेता गरिरहेको छ । पछिल्लो समय आयोगले फागुन मसान्तभित्र जरिवाना तिर्नका लागि समय दिइएको छ ।

यदि उक्त समयभित्र जरिवाना नतिरे पद खारेज हुने आयोगले जनाएको छ । आयोगका अनुसार स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएका अधिकांशले जरिवाना तिरिसकेका छन् ।