बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अण्डा दिवस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा अण्डा दिवस



सन्धिखर्क, २७ असोज ।

हरेक दिन अण्डाको आहार स्वस्थ, सुखी र सुन्दर परिवार भन्ने नाराका साथ अर्घाखाँचीका विभिन्न ठाउँमा आज २२ औ अण्डा दिवस मनाईएको छ ।

सुआहाराको आयोजनामा छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न दिवसमा डा. प्रकाश भट्टराईले मानव स्वास्थका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्व पाइने भएकाले अण्डा खानु लाभदायक भएको बताउँनुभयो । दिवसमा फिल्ड सुपर भाईजर सञ्जय पाण्डे र सञ्जु केसीले सहजीकरण गर्नुभयो ।

पाणिनी गाउँपालिकाको अड्गुरी स्वास्थ्य चौकीमा पनी अण्डा दिवस मनाईएको छ । दिवसमा वडा अध्यक्ष गुनाखर अधिकारी, स्वास्थ्य चौकी इन्चार्ज पुनाराम भुसाल, फिल्ड सुपरभाईजर प्रमोद पाण्डे र सुरज खनालले कार्यक्रमको सहजीकरण गरेका थिए । अर्घाखाँची जिल्लामा सुआहारा कार्यक्रम लुम्बिनी सामाजिक विकास केन्द्रले सहजीकरण गरेको छ ।