६० अर्बको बालुवा पानीसँगै बगेर भारत जान्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

६० अर्बको बालुवा पानीसँगै बगेर भारत जान्छ



असोज ८, काठमाडौं-

नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ ।

पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ ।

बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ ।

अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्षेनी ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।