वामदेवले भेटे माधव नेपाललाई, वार्ता सकारात्मक - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

वामदेवले भेटे माधव नेपाललाई, वार्ता सकारात्मक



काठमाडौं- हालै नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अहिले राजनीतिक भेटघाटमा व्यस्त छन् । सबै कम्यिनिस्ट पार्टीलाई एकता गर्ने भन्दै अभियान थालेका गौतम अहिले नेताहरूलाई लगातार भेटिरहेका छन् ।

मुख्य कम्युनिष्ट पार्टीका प्रमुखहरूसँग भेटवार्तामा सक्रिय भएका उनले आजमात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट गरेका छन् । उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेका हुन्।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्।

अध्यक्ष नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले जनाएको छ । बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए।