बामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बामपन्थी नेता श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश



असोज ३०, काठमाडौं ।

ललितपुरका बामपन्थी नेता एवं बुद्धिजीवी महेश्वर श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । श्रेष्ठ सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

चौंथो महाधिवेशन, माले, एमाले, माले हुँदै लामो समयदेखि बामपन्थी आन्दोलनमा क्रियाशील नेता श्रेष्ठ ललितपुरका स्थापित नेता तथा बुद्धिजीवी हुनुहुन्छ । माओवादी केन्द्रमा प्रवेश गर्दै श्रेष्ठले राजनीतिक एजेण्डा र समाजवादी मिसनमा अगाडि बढ्ने माओवादी केन्द्रको निर्णयसँग सहमत भएर आफू माओवादी केन्द्रमा आएको बताउनु भयो ।

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले श्रेष्ठको अनुभव र बौद्धिकताले माओवादी केन्द्रमा थप उर्जा हासिल हुने बताउनु भयो । नेता श्रेष्ठको पार्टी प्रवेशले ललितपुरमा माओवादी केन्द्रको संगठनात्मक आधार बलियो हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।