बार्सिलोनाको शानदार जित, १४ अङ्कले पछि पर्‍यो रियल मड्रिड - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बार्सिलोनाको शानदार जित, १४ अङ्कले पछि पर्‍यो रियल मड्रिड



काठमाडौँ

स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडमाथि शानदार जित हात पारेको छ । इएल क्लासिको यो हारसँग रियल मड्रिड भने अङ्क तालिकामा १४ अङ्कले पछि परेको छ ।

उपाधि होडमा फर्कन रियलका लागि यो खेल्न जित्नु पर्ने दबा थियो तर, झन्डै आधा घण्टा १० खेलाडीमा सीमित भएको रियल ३-० ले पराजित हुनपुग्यो ।

घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मड्रिडले आक्रमक सुरुवात गरेको थियो । सुरुमा नै रोनाल्डोको गोल अफसाइड हुनपुग्यो भने त्यसपछि पनि घरेलु टोलीले बार्सिलोनामाथि लगातार दबाब कायमै राख्यो ।

४० औँ मिनेटमा मेस्सीको पासमा उपलिन्होले हेड गरेका थिए, जसलाई नाभासले मुस्लिकले बचाए । पहिलो हाफमा बार्सिलोनाले पाएको यो उत्कृष्ट मौका थियो ।

लगतै घरेलु टोलीका रियलका करिम बेन्जिमाको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

तर, बार्सिलोना दोस्रो हाफमा खेल उल्टायो । घरेलु टोलीमाथि दबाब बढाउँदै लगेको बार्सिलोनाका लागि ५४ औँ मिनेटमा लुइस स्वरेजले गोल गरे ।

६४ औँ मिनेटमा रियल मडि्रडले दोहोरो झड्का व्यहोर्‍यो । किपर विट भइसकेके अवस्थामा हातले बल रोक्ने प्रयास गर्दा कार्भाजलले रातो कार्ड पाए भने बार्सिलोनालाई पेनाल्टीको अवसर दिइयो, जसमा मेस्सीले सहजै गोल गरे ।

यो इएल क्लासिकोमा मेस्सीको २५ औँ गोल हो । ला लिगाको इएल क्लासिकोमा भने १७ औँ र रियल मड्रिडको घरेलु मैदानमा भएको क्लासिकोमा पाँचौँ गोल हो ।

खेलको अन्तिम मिनेटमा मेस्सीकै पासमा एलेक्स भिडालले गोल गरेपछि बार्सिलोना ३-० ले विजयी भयो ।

जितसँगै बार्सिलोनाको १७ खेलबाट ४५ अङ्क भएको छ र अङ्क तालिकाको शीर्ष स्थानमा छ । रियल मड्रिडको ३१ अङ्क छ र एक खेल कम खेलेको छ ।

यसै गरी बार्सिलेाना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडबीच भने ९ अङ्कको दुरी छ ।