बर्लिनमा डा.शेखर कोइरालालाई भव्य स्वागत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बर्लिनमा डा.शेखर कोइरालालाई भव्य स्वागत



हिमाल पोस्ट /बर्लिन

बर्लिनबाट प्राप्त समाचार अनुसार जर्मनीको सत्ता साझेदार पार्टी सोसलिस्ट डेमोक्रेटिक पार्टीको निमन्त्रणामा जर्मनीको भ्रमणमा रहेका व्यवस्थापिका संसदका माननीय सदस्य तथा नेपाली काँग्रेसका प्रभाव साली नेता डा शेखर कोइरालालाई स्वागत तथा भेटघाट विचार बिमर्श र अन्तकृया कार्यक्रमको नेपाली जन सम्पर्क समिति जर्मनीले आयोजना गरेकोछ। नेपाली जन सम्पर्क समिति जर्मनीका सभापति शिखर खडकाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा मुख्य बक्ता तथा प्रमुख अथिति माननीय सदस्य तथा नेपाली काँग्रेसका नेता डा शेखर कोइराला रहेकाथिए। नेपाली जन सम्पर्क समिति जर्मनीका संस्थापक सभापति दिल गुरुङ, सल्लाहकारहरु पुष्प थापा कृष्ण राना उपसभापति वसन्त पाण्डे प्रवक्ता डा जय कृष्ण ठाकुर कार्यकारी सदस्य मनोज भण्डारी, जर्मन नेवीसंघका अध्यक्ष उत्तम घिमिरे एनआरएनए एलसिसी बर्लिनका संयोजक राजेश सुनार कलाकार र पत्रकार गरी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

डा शेखर कोइराला सँग नेपालको वर्तमान राजनीतिक परिप्रेक्षमा आफ्नो विचार बिमर्श र अन्तकृया पनि भएको थियो। जिज्ञासुहरुले राखेका प्रश्नहरूको उत्तर दिँदै २०७४ साल माघ ७ गते सम्म संविधानको रक्षार्थ ३ नै तहहरुको निर्वाचन हुने पर्नेमा जोड दिएकाछन। नेपालको संविधान २०७२ लाई बिमति जनाएका मदेशी पार्टीहरुका जायज मागहरूलाई संविधान संविधान संशोधन गरी सम्बोधन गर्नु पर्ने बताएकाछन। आफू देश दौदाहको सिलसिलामा पाएको जनचाहना अनुसार सदनमा विचाराधीन संशोधन विधेयकलाई ५ न. प्रदेशका जनताका चाहना अनुसार अगाडी बढ्नु पर्ने बताएकाछन। लोकतन्त्रमा विश्वास राख्ने दलहरूले सार्वभौम सत्ता सम्पन्न सदनलाई चल्न नदिएर अनिर्णयको बन्दी बनाउने कोसिसबाट प्रतिपक्षले निकास दिनु पर्दछ। लोक तन्त्रको सुन्दर पक्ष नै व्यवस्थापिका सदन भएकोले सत्ता पक्ष र प्रतिपक्षले देश निकासको लागि छलफल गर्ने ठाउँ नै खुला गर्नु पर्दछ भन्दै प्रति पक्षले सदन बन्द गरेकोमा आलोचना गरेकाछन। संविधान नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएकोले कार्यान्वयन पनि नेपाली काँग्रेसले गर्ने जिकिर गरेकाछन। मुलुकलाई राजनीतिक निकास दिन राष्ट्रिय संक्रमण कालमा बीपी विचार अनुसार राष्ट्रिय मेलमिलाप र गिर्जा बाबुको सहमति सहकार्यको नीतिलाई अवलम्बन गर्नु अहिलेको आवश्यकता रहेको बताएकछन।

यस कार्यक्रममा संस्थापक सभापति दिल गुरुङले नेपाली जन सम्पर्क समितिको जहाँ ततै विवाद भए पनि जर्मनीमा यस्तो आज सम्म नरहेको र भविष्य पनि नहुने बताएकाछन। विभिन्न देशहरूमा राजदूत तथा प्रधान मन्त्रीहरुका कुटनैतिक सल्लाहकार रहनु भएका डा दिनेश भट्टराईले विदेशमा रहेका नेपालीहरू सबै अघोषित राजदूत भएको बताएकाछन। नेपाली काँग्रेसका नेता राजेन्द्र प्रसाई र अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिन जर्मनी आएका पर्यटन ब्याबसायीहरुको पनि सहभागीयता रहेको थियो।

नेपाली जन सम्पर्क समिति जर्मनीका सभापति शिखर खड्काले कार्र्यक्रमको बिसर्जन गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकाथिए। नेपाली जन सम्पर्क समिति जर्मनीको कार्यक्रम समाप्ति पछि हिमाली रेस्टुरेन्टमा सामूहिक होली मनाउने कार्यक्रमको साथमा रात्रि भोजको पनि आयोजना गरेको थियो।