बर्माको मृत्यु प्रकरण ! हत्या कि आत्महत्या ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बर्माको मृत्यु प्रकरण ! हत्या कि आत्महत्या ?



दिपक घिमिरे

करिब एक महिना अघि दाङका प्रमोद बर्माको रहस्यमय तरिकाले मृत्यु भयो । बर्दियाको नेपाल बैङ्क लिमिटेडमा प्रबन्धकको जागिरे बर्माको मृत्यु हत्या हो या आत्महत्या भन्ने निष्कर्ष आजका मिति सम्म निस्केको छैन । प्रहरीले घटनास्थलमा लिएको मुचुल्काले हत्या प्रमाणित गर्छ भने पोस्टमार्टम रिपोर्टमा आत्महत्या देखाउन खोजियो । यसर्थ पनि बर्माको मृत्युलाई रहस्यमय मृत्यु ठानियो ।

परिवारसँग सम्पर्क बिहीन भएका बर्माको शरीर रुखमा झुण्डिएको अवस्थामा बाके जिल्लाको अगैया जङ्गलमा फेला प¥यो । घटनास्थलमा पुगेकाहरु भन्छन् ‘ यो हत्या हो । ’तर पोस्टमार्टम पछाडिको रिपोर्ट बिल्कुलै फरक आयो । घटनास्थलमा पुगेका आफन्त अनि प्रहरीले शरीर भरी चोट देख्यो अनि यस्लाई हत्या भएको पुष्टि ग¥यो तर पोस्टमार्टम रिपोर्टमा भनियो ‘ घाटीमा र घुँडामा सामान्य चोट छ ! ’ अनि सुरु भयो रहस्यमय मृत्यु प्रकरण । आफन्त हत्या ठहर गर्छ , रिपोर्ट आत्महत्या भनेर पन्छिन्छ ।

शरीर भरी निल डाँम अनि चोट देखेका आफन्तहरु बर्मालाई षडयन्त्र पूर्वक मारेर झुण्डाईएको आरोप लगाउछन तर रिपोर्टले अपराधी लुकाउन खोज्दैछ ।

प्रमोद बर्माको बारेमा बुझेकाहरुले भन्छन् , उनी आत्महत्या गर्ने कायर होईनन । निक्कै कठिन सङ्घर्ष पछि सफलता चुम्न सफल बर्माले आत्महत्या गर्नुपर्ने कुनै कारण देखिँदैन । जिरो लेवलबाट प्रगतीपथमा पाइला चालेका बर्मा मृत्युको दिन सम्म आईपुग्दा हिरो लेवलमा पुगेका थिए । उनले आत्महत्या गर्ने कुनै कारण देखिँदैन , आत्महत्या त त्यस्तो व्यक्ति ले गर्दछ जसले सङ्घर्ष गरेर पनि सफलता पाउदैन या मानसिक रूपमा आफूलाई गलाउदै लैजान्छ । आफ्नै सङ्घर्षले बैङ्कको प्रमुख जस्तो हैसियत बनाएका बर्मा आत्महत्या गरे भनेर कोही मान्न तयार छैन यति बेला । सबैले भन्छन् यो हत्या हो ।

उनले पढाएका बिधार्थी हुन या उनको नजिक भएर काम गरेका हरेक व्यक्ति होस , सबैले भन्छन् ‘ बर्मा एउटा सफल र हिम्मती व्यक्ति हुन , जसको मृत्यु आत्महत्याका कारण भएको हामी पत्याउनै सक्दैनौ । ’

घटनास्थलमा खिचेका फोटाहरु या प्रहरीले घटनास्थलमा उठाएको मुचुल्कालाई आधार मान्ने हो भने बर्माको हत्या भएको मानिन्छ । तर रहस्यमय तरिकाले मृत्यु भएका बर्माको रहस्यमय तरिकाले पोस्टमार्टम रिपोर्ट तयार पारेर आत्महत्याको कारण देखाईएको शुभचिन्तक र आफन्तहरु बताउछन । उनीहरू बर्माको मृत्यु आत्महत्या नभएर हत्या हो भनिरहेछन अनि न्यायका लागी धाईरहेछन प्रहरी प्रशासन ।

हो ! संसारमा मृत्यु अनिवार्य छ । राजा देखि रैती सम्मले मृत्युलाई स्विकारेका छन् र स्विकार्नु पर्दछ । मात्र यत्ति फरक हो कि मृत्युले कसैलाई छिट्टै लैजान्छ अनि कसैलाई पूरा जिन्दगी जिउन दिएर लैजान्छ । तर मृत्यु त्यति बेला स्वीकार्य हुँदैन कि त्यो मृत्यु रहस्यमय होस । आत्महत्या गरेका कैयौ त्यस्ता उदाहरणहरू समाजमा छन् जो हामीले कायरताको पराकाष्ठा भनेर पन्छिन्छौ । हत्या भएका कैयौ उदाहारणहरु पनि हाम्रै समाजमा छन् जस्लाई कठै भन्दै हत्यारालाई कारबाहीको माग गर्दछौ ।

हत्यारालाई कारबाहीको माग गर्दै आफ्ना अनि आफन्तले सडक तताउदै गर्दा गोप्य ढङ्गले बर्माको मृत्युलाई आत्महत्याको कारण देखाउदै प्रशासन पन्छिन खोज्दैछ । तर आफन्तहरु निष्पक्ष छानबिन नहुदा सम्म आफूहरू चुप नबस्ने बताउँदै छन् । यस्तो बेला तपाईँ हामी बर्माको मृत्युलाई कुन रूपले हेर्ने ? हत्या कि आत्महत्या ?
आफन्तहरु मृत्यु स्विकारेर न्यायको आशामा बसेका हुन्छन् । आत्महत्या भए आफ्नैलाई धिक्कार्छन भने हत्या भए प्रहरी प्रशासनलाई गुहार्नेछन । तर मृत्यु रहस्यमय भैदियो भने के गर्ने ? कस्लाई दोष दिने ?

गत भदौ १० गते घोराही बजारमा ठुलो ¥याली निस्कियो । प्रमोद बर्माको मृत्युलाई आत्महत्या मान्न नसकिने भन्दै मृतकका आफन्त र शुभचिन्तकले हत्यारालाई कारबाहीको माग गर्दै नारा जुलुस गरेर बजार परिक्रमा गरे । त्यति बेला लाग्यो , यहाँ हत्या जस्तो जघंन्य अपराध गरेकालाई दण्डित गर्न पनि नाराजुलुश गर्नु पर्ने भयो । घटनाको प्रकृतिले अनि शरीरका घाउ चोटले हत्या पुष्टि हुदाहुदै पनि सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्टमा आत्महत्या भनेर देखाईयो । घटना तोडमोड भएर अर्कै रूप लियो ।

दैनिक सयौ मारिन्छन , मर्छन । जसको घरमा मान्छे मरेको हुन्छ उसलाई मात्र थाहा हुन्छ आफ्नो मान्छे गुमाउनुको पीडा । अडकल काटनेहरु कोही सकारात्मक कुरा गरेर दुखमा मल्हम लगाउछन त कोही नकारात्मक कुरा गरेर घटनालाई मोडिदिन्छन । बर्मा मृत्यु प्रकरणले समाजलाई एउटा वास्तविकता के देखाउदै छ भने यहाँ मृत्यु अनिवार्य छ तर मृत्यु रहस्यमय पनि हुन सक्छ । मृत्यु रहस्यमय हुदाँको पिडा अहिले बर्माको परिवारले भोग्दैछन ।

मृतक बर्माको हत्यारालाई कारबाही गर्न आग्रह गर्दै निस्केको जुलुसमा सामेल आफन्त अनि शुभचिन्तकहरु बर्मा हत्यामा संलग्नहरुलाई पहुचका भरमा प्रशासनले गिरफ्तार गर्न नसकेको बताउथे । उनीहरू हत्या भएको पुष्टि घटनास्थलले गरिसकेता पनि पहुच र हैसियतका भरमा पोस्टमार्टम रिपोर्टमा आत्महत्या गरेको रिपोर्ट तयार पारेको गुनासो सुनाउथे ।

एउटै मृत्युलाई घटनास्थलको मुचुल्काले हत्या अनि पोस्टमार्टम रिपोर्टले आत्महत्या भनेर कसरी देखाउन सक्छ ? किन निष्पक्ष पोस्टमार्टम रिपोर्ट तयार भएन ? शुभचिन्तक र आफन्तहरु यही प्रश्न बारम्बार गर्दै आएका छन् । अपराधी बचाउन स्वास्थ्य संस्था लागेको हो या अपराधी समात्न प्रहरी डराएको हो त्यो उनीहरू नै जानुन तर हत्या हो या आत्महत्या भन्ने निष्कर्ष दिन नसक्नु प्रशासनको कमजोरी हो । प्रहरी आफैले तयार पारेको मुचुल्का सँग अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट मेल नखादा आफन्तले शङ्का गर्ने धेरै ठाउँ थिए । यी ठाउँहरुलाई आधार मानेर हत्यारा सम्म पुग्न प्रहरीलाई निक्कै सजिलो हुन्थ्यो अनि स्वास्थ्य संस्थामा बसेर अपराध लुकाउने गिरोह नै प्रहरीको कब्जामा आउथ्यो । तर आफैले तयार पारेको घतनास्थलको मुचुल्का सँग मेल नखाने पोस्टमार्टम रिपोर्ट आउँदा पनि किन चुप छ प्रहरी ? आफन्त अनि शुभचिन्तकले शङ्का गर्ने धेरै ठाउँ रहे । अब हरेक हत्यालाई ढाकछोप गर्न आत्महत्याको रिपोर्ट पैसा र पावरको बलमा अस्पतालले नबनाउला भन्न सकिँदैन , होस गरौँ ।

 

लेखक घिमिरे