बसन्त चौधरीलाई हृदयघात भएको हल्ला झूटो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बसन्त चौधरीलाई हृदयघात भएको हल्ला झूटो



काठमाडौं- उद्योगपति तथा नर्भिक अस्पतालका संचालक व्यवसायी वसन्त चौधरीलाई हृदयघात भएको हल्ला झुटो भएको खुलेको छ । सर्वत्र हल्ला फैलिएपछि चौधरीले आफ्नो स्वास्थ्य अवस्थाबारे विज्ञप्ति जारी गरी स्पष्ट पारेका छन्।

स्रोत र परिवारको हवाला दिँदै उनी बिरामी परेको भन्दै सञ्चारमाध्यममा खबर सर्वत्र सार्वजनिक भएपछि उनले यस विषयमा वास्तविकता बताएका हुन्।

व्यवसायी चौधरीले गत हप्ता मुटुमा असहजता महसुस भएपछि आफ्नै अस्पतालमा एन्जियोग्राफी गराएको र अहिले दुबईस्थित अमेरिकन हस्पिटलमा थप परीक्षण गराउँदा पनि मुटुको धमनीमा समस्या देखिएकाले उपचार गर्न डाक्टरले सल्लाह दिएको जानकारी दिएका छन्।

यसअघि शुक्रबार दिउँसो उनकै परिवारका स्रोत उद्धृत गर्र्द उनलाई हृदयाघात भएको दाबीका खबर आएका थिए।