बास्कोटा र ढकाललाई चिट्ठा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बास्कोटा र ढकाललाई चिट्ठा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई थप मन्‍त्रालयको जिम्मेवारी दिइएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटा र ढकाललाई थप मन्त्रालयको जिम्मेवारी दिएको बताइएको छ ।

बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा सोही पार्टीका मोहम्मद इस्तियाक राईले सरकार छाडेपछि रिक्त रहेका मन्‍त्रालयको जिम्मेवारी उनीहरूले पाएका हुन् ।