बास्कोटाले दिए राजिनामा: सकियो राजनीति - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बास्कोटाले दिए राजिनामा: सकियो राजनीति



काठमाडौं- एकाएक विवादमा आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले राजीनामा दिएको सभामुख अग्नि सापकोटाले संसदमा जानकारी दिएका हुन् । संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो ।

साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने उसको माग छ ।

औपचारिक पत्र त आउन बाँकी भएपनि राजिनामा गरिसकेको स्रोतले बतायो ।

घुस काण्डमा मुछिएका बास्कोटाले सम्बादमा कर्मचारीलाई अपसब्दा पनि बोलेका थिए । यो संगै उनको राजनीतिक करियर लगभग सकिएको अनुमान गरिएको छ ।