गोकुल बाँस्कोटा नै संघीयताको विपक्षमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गोकुल बाँस्कोटा नै संघीयताको विपक्षमा



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका निकट पात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नै देशमा संघीयता आवश्यक नभएको बताएका छन् ।

सामाजिक संजालमा बिचार राख्दै बास्कोटाले उतिबेला आफूले संघियता आवस्यक नभएको बताउँदा विभिन्न आरोप खेप्नुपरेको भन्दै देशमा संघ र प्रदेशको औचित्य नभएको बताएका हुन्

प्रदेश नम्बर ५ को नाम र राजधानीबारे विरोध भइरहेका बेला बाँस्कोटाले नेपालमा संघीयता आवश्यक नभएको बताएका छन ।

उनले त्यो बेला संघीयताको विरोध गर्दा चित्रबहादुर केसीको लाइनमा लागेको आरोप लगाइएको बताएका छन् ।

‘म त हाम्रो देशमा संघ र प्रदेश किन र कसरी बनाउनु परेको थियो ? भनेर कसलाई सोध्ने भन्ने सोच्दै छु’, उनले भने, ‘उ बेला नेपालमा संघ किन भन्दा चित्रबहादुर लाइन भने । अहिले प्रदेश राजधानीका नाममा विचित्रको लडाइँ हेर्दाको हैरान । बनाउँदा पनि सातका ठाउँमा चार हुनु पर्ने हो ।’