बाटैमा फुल गासेर राखिदिए किस्ना आचार्य रोशनीलाई मेघनाथले(अडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बाटैमा फुल गासेर राखिदिए किस्ना आचार्य रोशनीलाई मेघनाथले(अडियो सहित)



समिर प्रकाश पाण्डे/बहराइन पौष २२ 

सानैदेखि नेपाली लोकगीत प्रर्ति सारै रहर थियोे स्कुल कलेज लाइफ मै धेरै ठाउँ का मेला महोत्सव मा खुब दोहोरी गएर  हिडियो  यही क्षेत्रमा लागेर केही गर्छु भन्ने सोच र रहर त सानै देखिको हो तर रहर गरेजस्तो र सोचेजस्तो नहुने रहेछ जिन्दगीमा ।म सँगै दोहोरी गायर हिन्ने साथीहरू अहिले यही क्षेत्रमा स्थापित कलाकार भैसकेका छ्न तर म भने आफ्नो परिस्थिति ले बिदेशीनु पर्‍यो । यो भनाइ हो गायक मेघनाथ आचार्यको विगतका वर्षहरू बाटै बहराइनलाई आफ्नो कर्म थलो बनाउदै आएका मेघनाथले भर्खरै मात्र लामो समय पछि आफ्नो पहिलो एल्बम “मायाले होला कि मलाई” बजारमा ल्याएका  छ्न ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनका कोषाध्यक्ष समेत रहेका मेघनाथको आवाजमा रहेको मायाले होलाकी मलाई को अडियो तयार भैसकेको छ भने भिडियो केही समय मै दर्शक श्रोता माझ ल्याउने तयारी रहेको उनले हिमाल पोस्ट सँगको कुराकानीमा बताए । विदेशमै भए पनि विभिन्न सङ्घ सस्था ले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा मेघनाथले दर्शक श्रोतालाई नचाउदै पनि आएका छ्न ।

आफ्नै लय शब्दमा टिपिकल झ्याउरे भाकालाइ श्रोता माझ ल्याएको छु आशा छ सबैले माया गरिदिनु हुनेछ । किस्ना आचार्य रोशनी र मेघनाथ आचार्यको आवाजमा रहेको यस गीतलाई शीतल सिजन डिजिटल प्रा.ली ले बजारमा ल्याएको हो ।गीत सुन्न लाई तलको लिंक लाई क्लिक गर्नुहोस्