सेती लोकमार्गको निर्माणलाई दबाब दिन महोत्सव - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सेती लोकमार्गको निर्माणलाई दबाब दिन महोत्सव



बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाँउपालिकाको बौनियामा महोत्सव हुने भएको छ । निर्माणधिन सेती लोकमार्ग सडकको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप पाँचौ स्करणको बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०७६ को आयोजना गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गर्दै मार्फत जनाईएको छ ।

“कृषि, ब्यापार, सांस्कृति र पर्यटनको बिकास, निर्माणधिन सेती लोकमार्गको निकास” भन्ने मुल नाराका साथ बौनियाँ बजार ब्यवस्थापन समितीको आयोजनामा यही पौष २२ गते देखी माघ २ गते सम्म महोत्सव संचालन हुने मुल आयोजक कमिटीका संयोजक रुपक सुनार जानकारी दिए । बिगत देखी नै निकै महत्वको साथ संचालन हुदै आएको महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने र महोत्सवले पर्यटन, संस्कृति लगायत सेती लोकमार्ग र समग्र विकासमा महत्व राख्ने उनको भनाई छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती संगै वाल उद्यान, रमाईलो मेला, अन्तर विद्यालय नृत्य तथा खुल्ला गायन प्रतियोगिता हुने सांस्कृतिक संयोजक निदेश भण्डारीले जानकारी दिए । महोत्सवमा सय बढी ब्यवसायिक स्टलहरु, आधुनिक कृषि प्रबिधिको प्रशिक्षण, थारु तथा मगर गाँउ र खानाका परिकारहरु संगै खानेपानी, विद्युत लगायतको राम्रो प्रबन्ध हुने स्टल ब्यवस्थापक समितीका संयोजक जीवन विसीले बताए ।

सेती लोकमार्गको कामलाई तिब्र रुपमा अघि बढाउन दबाब दिने हेतुले केन्द्रीय स्तरका नेता तथा मन्त्रीलाई महोत्सवमा ल्याउने तयारी भईरहेको बताईएको छ । १० दिन सम्म संचालन हुने महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने र ४० लाख बराबरको कारोबार हुन सक्ने आयोजकको अनुमान रहेको छ ।