सार्वजनिक हुनु अगाडि नै चर्चा पाएको “भागेर जाम्ला” बोलको तीज गीत बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सार्वजनिक हुनु अगाडि नै चर्चा पाएको “भागेर जाम्ला” बोलको तीज गीत बजारमा (भिडियो सहित)



हिमाल पोस्ट /काठमाडौं,साउन ८ 

केही दिन अगाडि समाजिक संझालमा निकै नै चर्चा कमाएको “ भागेर जाम्ला ” शीर्षकमा समीर प्रकाश पाण्डेको निकै नै मिठो शब्द रचना अनि दमदार सङ्गीत र स्वरले भरिएको तीजको गीतको म्युजिक भिडियो सहित हालै मात्र सार्वजनिक भएको छ |

उक्त सार्वजनिक गीतमा विवश बस्नेत र सम्झना मगरको समधुर आवाज रहेको छ भने सङ्गीत प्रेम सापकोटाले भरेका छन् । यस्तै गीतको एरेन्ज विश्वास नेपालको रहेको छ ।

हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर युनिक मुभीजले निर्माण गरेको सोही गीतको भिडियोलाई लोकेन्द्र शाहले निर्देशन गरेका छन्, भिडियोमा किशोर र मेनुकाको दमदार नित्य तथा अभिनय देख्न सकिन्छ, माधव पौडेल छयांकन र सुमन थापा मगरको सम्पादनमा भिडियो तयार भएको छ ।

गीत अर्घादरवार फिल्मस् प्रा.ली र हिमाल पोस्ट मिडियाको संयुक्त प्रस्तुतिमा बजारमा आएको हो ।