भन सरकार धरहरा खोई ? (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भन सरकार धरहरा खोई ? (भिडियो सहित)



समीर प्रकाश पाण्डे

गीत सङ्गीत केवल बिशुद्ध मनोरञ्जनको साधन मात्र नभई चेतना प्रवाह गर्ने एउटा माध्यम पनि हो । यसै सन्दर्भमा देशमा बिध्यमान विभिन्न बिसङगती एवं बिकृतीहरुको विरुद्ध सम्पूर्ण नेपालीहरूको बुलन्द आवाज बोकेको गीत ” भन सरकार धरहरा खै ? “हाईलाइट नेपालको युटुब मार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीतमा रिना बम मल्ल र शिव सागर खड्काको सुमधुर आवाज तथा रामु खनाल र नानु गुरुङको सशक्त अभिनय रहेको छ । साथमा उक्त गीतमा राजेन्द्र अधिकारी, गायक जीवन परियार , गायिका सुनिता गुरुङ , बुद्धि सागर डुम्रे , शालिकराम लगायत अन्य कलाकारहरूको बेजोड अभिनय हेर्न तथा देख्न पाइन्छ । उक्त गीतमा विभिन्न बिसङगतीहरुका विरुद्ध तर देश प्रेमले ओतप्रोत एवं सम्पूर्ण नेपालीहरूको बुलन्द आवाज बोकेको गीत भएकोले ” भन सरकार धरहरा खै ?” सबैले अवश्य पनि मन पराउनु हुनेछ भने सम्पूर्ण कलाकार टिमको अपेक्षा रहेको छ ।