कैलालीमा भन्सार छलीका सामानसहित जिप बरामद - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

कैलालीमा भन्सार छलीका सामानसहित जिप बरामद



कैलाली – कैलालीमा भन्सार छलीको सामान बरामद गरिएको छ । प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान टोली र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उप–महानगरपालिका –२ चोरी पैठारी गरी ल्याएर बेवारिसे छोडिएको सामान र भन्सार छलीका सुर्ती सहित बोलेरो जिप बरामद गरेको हो ।

भन्सार छली ल्याइएका पाँच कट्टा जिरा, सात सय प्याकेट सुर्ती गरी झन्डै डेढ लाख बराबरको बेवारिसे छोडेको सामान र भारतबाट चोरी पैठारी गरी ल्याइएको से १ च २८९ नम्बरको जिप बरामद गरेको हो । जिपमा रहेको दुई लाख ३० हजार मूल्य पर्ने दुई सय प्याकेट अन्दाजी सुर्ती बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।