भारत–पाक विभाजन र दुस्मनीका ७० वर्ष - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारत–पाक विभाजन र दुस्मनीका ७० वर्ष



 

भदौ ३, काठमाडौं ।
विश्वभर नै उपनिवेश कायम गरेर आफ्नो साम्राज्य निर्माण गरेका कारण बेलायतले कहिल्यै सूर्य नअस्ताउने देशको उपमा पाएको थियो । एसियादेखि अफ्रिका र अमेरिकासम्म नै बेलायती उपनिवेश कायम थियो ।
१९औं र २०औं शताब्दीमा विश्वव्यापी रूपमा देखिएको जागरण र विध्वंसकारी युद्धले बेलायती उपनिवेशबाट क्रमशः विभिन्न राष्ट्रहरू मुक्त हुँदै गए । सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यपछि कोरियामा जापानी शासनको अन्त्य भयो भने दक्षिण एसियाली राष्ट्र भारतमा महात्मा गान्धीलगायतले बेलायती उपनिवेशबाट मुक्त हुनका लागि सञ्चालन गरेको स्वतन्त्रता संग्राम सफल भई बेलायतको उपनिवेश अन्त्य भयो ।

बेलायतको उपनिवेशको अन्त्य हुने क्रमसँगै मुस्लिम बहुल क्षेत्र भारतबाट अलग भई पाकिस्तानको रूपमा स्थापित भयो । यद्यपि पाकिस्तान भारतभन्दा एक दिनअघि अर्थात् १४ अगस्ट, १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भयो भने त्यसको एक दिनपछि १५ अगस्टमा भारत स्वतन्त्र भयो । यसैको सम्झनास्वरूप पाकिस्तानले १४ अगस्ट र भारतले १५ अगस्टलाई स्वतन्त्रता दिवसको रूपमा स्मरण गर्दै आएका छन् ।

दक्षिण एसियाको ठूलो क्षेत्रमा आफ्नो उपनिवेश कायम गरेको बेलायत पछि हटे पनि यही स्थानमा स्वतन्त्रतापछि भारतले ब्रिटिसकालीन मानसिकताकै छिमेक नीति अख्तियार गर्दा अहिलेसम्म पनि भारत र अन्य राष्ट्रबीचको अन्तर्विरोध करिब उस्तै मात्रामा रहेको छ र त्यसविरुद्ध दक्षिण एसियाका साना राष्ट्रले निरन्तर संघर्ष गर्नुपर्ने अवस्थाको सिर्जना भइ नै रहेको छ ।
आजको राजधानी दैनिकमा खबर छ ।