आफ्ना कर्तुत ढाकछोप गर्न अर्काको चरित्रहत्या गर्दै मेयर थापाका दाजुभाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आफ्ना कर्तुत ढाकछोप गर्न अर्काको चरित्रहत्या गर्दै मेयर थापाका दाजुभाई



काठमाडौं- भ्रष्टाचार र अनियमितताको अखडा बनेको सर्लाहीको बागमती नगरपालिका पोल खुल्ने डरले चरित्रहत्यामा उत्रिएको छ । मेयर भरत कुमार थापाले गरेका अनियमितताबारे हिमालपोस्टले समाचार प्रकाशन गरेपछि नगरपालिकामै उनी बदनाम बनेका छन् ।

नगरबासीलाई थर्कमान बनाएर राखेका थापाले हिमालपोस्टमा समाचार आएपछि आफ्ना पार्टीका नेता कार्यकर्ता र कर्मचारीलाई सुचना चुहाएको भन्दै धम्क्याएको समेत खुलेको छ । अनियमितता लुकाउन, अख्तियारमा परेका उजुरी र छानबिन गरिरहेको लेखा समितिलाई प्रभावित पार्न नेताहरूको घरघरमा धाइरहेका भन्ने समाचारको बारेमा थापाले खण्डन गर्न सकेका छैनन् ।

समाचार खण्डन गर्न र कानुनी उपचारमा जान छोडेर थापाले पार्टीको विज्ञप्ति जारी गर्ने नगरपालिकाको मनगढन्ते विज्ञप्ति सार्वजनिक गर्ने र स्थानीय पत्रकारलाई विज्ञप्ति निकाल्न लगाउने र विषयान्तर गर्न खोजीरहेका छन् ।

त्यसमाथि नगर प्रमुख थापाका भाईको गुण्डागर्दीबारे समाचार आएपछि उनीहरू तल्लोस्तरमा गिरेर भौतिक आक्रमणको धम्की दिने र चरित्रहत्या गर्न थालेका छन् । विवादित छबीका मेयर थापा समाचारबारे खण्डन गर्नु त कहाँ हो कहाँ गुण्डा लगाएर आक्रमण गर्ने चेतावनी दिने र दर्ता नभएका अनलाइनमा चरित्रहत्या गर्ने समाचार छाप्ने हर्कत गर्न थालेका छन् ।

उनीहरूका हर्कतबारे जानकार स्थानीयहरूले हिमालपोस्टले समाचार प्रकाशन गरेपछि स्याबासी दिँदै फोन समेत गरिरहेका छन् । अर्कातिर मेयरका आफन्तहरू र आसेपासेहरू समाचार लेख्ने पत्रकारलाई धम्क्याउने, चरित्रहत्या गर्ने अभियानमा लागेका छन् । उनीहरूले हिमालपोस्टका सम्पादकको फोटो राखेर दर्ता नभएका केहि अनलाईनमा कुण्ठा पोखिरहेका छन्  ।

समाचार रोक्न सबै प्रयत्न असफल भएपछि पत्रिकाका सम्पादकले बार्गेनिङ गरेको भन्दै झुठा र मनगढन्ते समाचार छाप्न लागिपरेका छन् ।  फोटो समेत दुरुपयोग गरेर हाम्राविरुद्ध लेखिएको समाचारमा रकमको बार्गेनिङ गरेको भनिएको छ ।  

मेयर थापाका भाईले केही गुण्डाहरूलाई परिचालन गरी फोन गरेर लगातार धम्क्याउन लगाइरहेका छन् भने स्थानीय केहि पत्रकारलाई लगाएर प्रलोभन समेत दिने गरेका छन्। कुनैपनि उपाय नलागेपछि समाचारको खण्डन समेत नगरी स्थानीय अनलाइनमार्फत समाचार लेख्ने पत्रकारको चरित्रहत्या गर्न लागिपरेका छन् ।

समाचारको सामान्य नियम अनुसार पनि आफ्नाबारेमा समाचार आएपछि समाचार सत्य नभए त्यसको खण्डन गर्ने, अनियमितता नगरेको प्रमाण सार्वजनिक गर्ने प्रचलन हुन्छ । तर उनीहरू खण्डन गर्नु र अनियमितता नगरेको प्रमाण सार्वजनिक गर्नु त कहाँ हो कहाँ गुण्डा लगाएर मार्ने धम्की दिने, आर्थिक प्रलोभन दिने र गल्ती लुकाउन अर्काको चरित्रहत्या गर्ने हर्कतमा उत्रिएका छन् ।

उनीहरूका यस्ता हर्कतले एकातिर नगर प्रमुख र पालिकामा भ्रष्टाचार र अनियमिता भएको पुष्टि हुन्छ भने अर्कातिर उनीहरू कति अराजक छन् भन्ने देखाउँछ । नगर प्रमुख थापाले अख्तियारमा भएका उजुरी र लेखा समितिका बिषयमा भनसुन गर्न आफू नेताहरूकोमा पुगेको यसअघि नै स्वीकार गरिसकेका छन् ।

समाचार प्रकाशनपछि बागमती नगरपालिकाका मेयर थापा समस्यामा परेका छन् । हामीले उनका अनियमितताबारे समाचार लेखेपछि उनले सुकुम्बासी बस्तीमा गरेको अत्याचारबारे समेत समाचार आउन थालेका छन् । 

समाचारपछि उनका भाई रामकुमार थापाले गरेका अपाच्य गालीगलौज, धम्की र अन्य दस्तावेज हामीसंग सुरक्षित छन् ।

समाचारको विषयमा धम्क्याएको बारे सरोकारवाला निकायको आपत्ति

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई यस किसिमले धम्याउने काम हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो ।

महासंघ प्रेसविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र पत्रकारलाई निर्वाध र स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।

समाचारविरुद्ध कुनै असन्तुष्टि भए कानुनी बाटो हुँदाहुँदै ज्यान लिने समेतको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको महासंघको ठहर छ ।

त्यस्तै नेपाल प्रेस युनियनले पनि पत्रकारलाई धम्की दिएकोप्रति कडा आपत्ति जनाएको छ । पत्रकारमाथि धम्की दिनेलाई तत्काल कडा कारबाही गर्न सरोकारवाला निकायलाई युनियनको आग्रह गरेको छ ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि प्रहार हुनु दुखद भएको युनियनका महासचिव दिलिप पौडेलले बताए ।

त्यस्तै समाजवादी प्रेस संगठनले पनि पत्रकारलाई धम्की दिएकोप्रति कडा आपत्ति जनाएको छ । पत्रकारमाथि धम्की दिनेलाई तत्काल कडा कारबाही गर्न सरोकारवाला निकायलाई संगठनको आग्रह गरेको छ ।

लोकतन्त्रमा प्रेस स्वतन्त्रतामाथि प्रहार हुनु दुखद भएको विज्ञप्तिमा बताइएको छ ।

यससँग थप समाचार, यी पनि पढ्नुहोस्:-

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को