सर्लाहीमा भरत थापाको शंकाश्पद गतिविधि, सिडियो भन्छन्- त्यस्तो हुन दिन्नौँ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सर्लाहीमा भरत थापाको शंकाश्पद गतिविधि, सिडियो भन्छन्- त्यस्तो हुन दिन्नौँ



सर्लाही- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा चुनाव आयो की वितण्डा मच्चाउँछन् । माओवादी केन्द्रका नेता समेत रहेका थापा पछिल्लो समय स्वतन्त्र उम्मेदवारको पक्षमा छन् । आफ्नो विरुद्धमा लाग्नेहरूलाई आक्रमण गरिहाल्ने, बोल्न नदिने उनको पुरानै काम हो ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका निकट मानिएका थापा अहिले भने स्वतन्त्र उम्मेदवार बोकेर हिंडेका छन् । माओवादी नेताहरूको आड, स्थानीय विवादित नेता नरेन्द्र शाहको पैसा, गुण्डागर्दी गर्ने पुरानै शैलीका कारण थापाले निर्वाचन नै प्रभावित पार्ने गतिविधि गरेको भन्दै दलहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।

विगतका निर्वाचनहरूमा उम्मेदवार र नेताहरूमाथि भौतिक आक्रमणमै उत्रिएका थापाले अहिले पनि शंकाश्पद गतिविधि गरेको भन्दै जिल्लामा रहेका अन्य दलहरूले स्थानीय प्रशासन गुहार्न थालेका छन् ।

बागमती नगरपालिकाको वडा नम्बर ३, ४, ५, ११ र १२ मा पर्ने सुकुम्बासी बस्तीमा थापाले विभिन्न शंकास्पद गतिविधि गरेको आशंकापछि दलहरूले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी ध्यानाकर्षण गराएका छन् ।

उक्त सुकुम्बासी बस्तीमा सर्लाही जिल्लाभित्रका भन्दा बढी मानिस अन्य जिल्लाबाट उतारेर ‘प्रोक्सी’ मतदाता खडा गरेको भन्दै यसअघि नै मेयर थापामाथि आरोप लागिरहेको छ । स्थानीय निर्वाचनपश्चात सर्वदलीय बैठक बसेर त्यहाँ खडा गरिएका फर्जी मतदाताको नामावली रद्ध गर्न भन्दै जिल्ला निर्वाचन कार्यालयलाई दलहरूले पत्राचार गरेका थिए ।

बुधबार सर्लाहीमा सर्वदलीय बैठक बसेर नेताहरूले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतसमक्ष पुगेका थिए ।

सर्लाहीमा देखिएका शंकाश्पद गतिविधि र मेयर थापाको विगतबारे नेताहरूले गौतमसँग चिन्ता व्यक्त गरेका थिए । नेताहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष विभिन्न स्थानमा बुथ कब्जा गर्ने, निर्वाचन विथोल्ने योजना बनाइएकोबारे बताएका थिए । उनीहरूले मेयर थापाले विगतमा पनि यस्ता खालका गतिविधि गरिरहेको भन्दै यसपटक पनि बुथ कब्जा र उम्मेदवारमाथि आक्रमणको योजना बनाएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गौतमले भने यसपटक सुरक्षाको चिन्ता गर्नु नपर्ने गरी तयारी गरिएको र त्यस्ता खालका गतिविधि हुन नदिने विश्वास दिलाएका थिए । उनले कसैले त्यस्ता खालका गतिविधि गरेको खण्डमा सख्त कारबाही गर्ने बताएका थिए । गौतमले यस्ता खालका गुनासाहरू आइरहेको भन्दै त्यसको तयारी आफूहरूले गरेको बताएका थिए ।

मेयर थापाले यसअघि पनि जिल्लाका विभिन्न व्यक्तिमाथि आक्रमण गर्नेगरेको हिमालपोस्टले सार्वजनिक गर्दै आएको छ । थापाले गरेका कुटपिटबारे हामीले निरन्तर लेख्दै आएका छौँ । थापाले सार्वजनिक स्थलमै नेताहरूलाई कुटेको भिडियोहरू समेत प्राप्त भएका छन् ।  

थापाले गत निर्वाचनमा एमालेका मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तलाई घरमै पुगेर आक्रमण गरेका थिए भने अर्का नेता भोजराज दाहाललाई मतदान स्थलमा आक्रमण गरेका थिए । त्यतिमात्र होइन थापा र उनको समूहले दिनदहाडै आक्रमण गरी घाइते बनाएका थुप्रै घटना छन् । हामीले यसबारे सिडियो गौतमसँग बुझ्न सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

थापासँग सम्बन्धित थप समाचार, यी पनि पढ्नुहोस्:-

-अनियमितता लुकाउन ‘ब्याक डेट’मा निर्णय गराउँदै भरत थापा

मेयर भरत थापा: समिति र अख्तियार मिलाउन संयन्त्र परिचालन, पैसा खन्याएर मिडियाबाजी

मेयर भरत थापाको दादागिरी: अनियमितताको समाचार लेख्दा गुण्डा लगाएर ज्यान लिने धम्की

माओवादीबाट निर्वाचित मेयरको गुण्डागर्दी: प्रश्न सोध्नेलाई तह लगाउने धम्की

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

जनता कुट्दै मेयरका दाजुभाई : रमिता हेर्दै स्थानीय प्रशासन

-गैरकानुनी धन्दा गर्ने मेयर भरत थापाको अनलाईन पोर्टल बन्द

नारायणकाजी र गिरिराजमणिको संरक्षणमा चलेको भरत थापाको ‘हिटलर राज्य’