भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर



असार, चितवन ३ ।

अश्लिल आरोप लगाइएको भन्दै भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर भएको छ ।

ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई अश्लील लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले भरतपुर महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाँडेकाे लेखेक थिए । रेणु दाहालकी श्रीमान अनिल कुमार पाठकले बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी-कांग्रेसकि संयुक्त रुपमा मेयरकि उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै कारबाहि माग गरिएकाे छ ।

पाठकले आफ्नो मुद्धामा लेखेका छन् – ‘सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ ।’