भरतपुरको मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भरतपुरको मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा



भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । भरतपुरमा महानगरपालिका-१० को चितवन उद्योग वाणिज्य संघको प्रर्दशनी केन्द्रमा मतगणना भइरहेको छ ।

मतगणना अहिले भरतपुर १ बाट सुरु गरिएको छ । भरतपुर महानगरपालिकामा २९ वडा छन् । अहिले एउटा गणक टोलीबाट सुरु गरिए पनि आवश्यकताअनुसार मतगणना आठ स्थानबाट गर्ने तयारी भएको छ ।

एक घण्टामा ५ सय मत गणना गर्ने गरी जनशक्तिको व्यवस्थापन गरिएको निर्वाचन कार्यालय चितवनले जनाएको छ । मतगणनास्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिनिधिहरू थोरै राख्ने र उनीहरूलाई कुर्सीमा नराख्ने सर्वदलीय छलफलमा सहमति भएको छ । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो । भरतपुरमा १ लाख ८५ हजार ७५२ मतदाता रहेका छन् ।